०४ चैत २०८२ , बुधबार

कमल थापा फेरि सरकारमा जाँदै, बालुवाटारमा प्रचण्डसँग गम्भीर वार्ता

काठमाडौं, २४ बैशाख । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि सरकारमा जाने भएको छ ।

प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध कांग्रेस र माओवादी केन्द्रले आफूसँग सल्लाह नगरिकनै महाअभियोेग प्रस्ताव संसदमा दर्ता गराएको भन्दै त्यसमा अहसमति जनाउँदै वैशाख १८ गते सरकारबाट बाहिरिएको राप्रपा अबको एक दुई दिनभित्रै पुनः सरकारमा सहभागी हुने स्रोतले बताएको छ ।

सत्तारुढ दलले महाअभियोग प्रस्ताव फिर्ता लिने र प्रधानन्यायाधीशले पनि कार्यपालिकामाथि हस्तक्षेप नगर्ने समझदारी भएको सूचना पाएपछि राप्रपा अध्यक्ष थापा सरकारमा फर्किन तयार भएका हुन् ।

यसक्रममा राप्रपा अध्यक्ष थापाले आइतबार विहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए । भेटमा प्रचण्ड र थापाबीच पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा कुरा हुनुभन्दापनि बढी सरकारमा राप्रपाको सहभागिताको बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहाल र थापावीचको भेटमा अध्यक्ष थापाले सरकारमा सहभागिता जनाउनेबारे प्रधानमन्त्रीसँग राय लिएका थिए । जवाफमा प्रचण्डले केही दिन धैर्य गर्न थापालाई सुझाएको स्रोतले बतायो ।

यता सत्तारुढ दलबाटै पुन सरकारमा सहभागी गराउन कसरत भइरहेको बेला पार्टीभित्रपनि पुनः सरकारमा सहभागी हुनुपर्ने विषयमा लबिङ सुरु भएको छ ।

यसअघि प्रचण्ड सरकारमा कमल थापा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री थिए । त्यसैगरी राप्रपाबाट विक्रम पाण्डे भुमिसुधारमन्त्री, दीपक बोहरा आपूर्तिमन्त्री र दिलनाथ गिरी पर्यटनमन्त्री थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *