०४ चैत २०८२ , बुधबार

नेपाल औषधि लिमिटेडले सर्पदंश विरुद्धको औषधि उत्पादन गर्ने

 

२४ वैशाख काठमाडौं । सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी नेपाल औषधि उद्योग लिमिटेडले आगामी असोजदेखि १४ किसिमका औषधि उत्पादन गर्ने भएको छ ।

आइतबारदेखि जीवनजल उत्पादन थालेको औषधि लिमीटेडले आगाडि आसोजदेखि १४ प्रकारका औषधि उत्पादन थाल्ने उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए ।

साथै आउँदो वर्षको बैशाखदेखि भने ४० किसिमका औषधि उत्पादन गर्ने औषधि लिमिटेडको उद्देश्य छ ।  ‘सर्पले टोकेपछि उपचारको लागि चाइने एन्टी भेनम कहिलेकाहि पैसा तर्दा पनि पाइनेरहेनछ, त्यसैले यसको पनि २०७६ सालको बैशाख सम्ममा उत्पादन गर्ने हाम्रो लक्ष्य छ’ मन्त्री जोशीले भने  ।

साथै आगामी ३ महिनाभित्र सिटामोल लगायत नन पेन्सीलिन गु्रपका ट्यावलेटहरु समेत उत्पादन थाल्ने भएको छ । नेपाल सरकारबाट निशुल्क वितरण गरिने ७० प्रकारका औषधी तथा नेपाल सरकारले सूचीकृत गरेका अत्यावश्यक औषधिहरु नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने समेत तयारी रहेको मन्त्री जोशी बताउँछन् ।

बिगतमा १२० थरिका औषधीहरु उत्पादन गरी बजारमा बिक्री गर्दै आईरहेको यो उद्योग २०६६ साल देखि पूर्ण रुपमा बन्द अवस्थामा रहेको थियो । तर, अहिले भने विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार गुणस्तरिय औषधी उत्पादन गर्न नेपाल औषधी लिमिटेडले नयाँ प्रविधि अनुरुप २७ भन्दा बढी प्रकारका आधुनिक प्रविधिले युक्त गुणस्तर जाँच गर्ने उपकरणहरु जडान गरिसकेको छ ।

अर्थ मन्त्रालयले केही महिनाअघि यस उद्योगलाई पुन सञ्चालन गर्नको लागि ६ करोड ४८ लाख रकम उपलब्ध गराएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *