
काठमाडौं, २४ वैशाख । महाअभियोग लागेर निलम्बनमा परी पुनः आजदेखि कार्यभार सम्हालेकी प्रधानन्यायाधीश सुशीला कार्कीले साँझ राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्ने भएकी छन् ।
कार्की र भण्डारीबीच साँझ पाँच बजेका लागि भेट तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।
भेटमा प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र त्यसमाथि अदालतले दिएको आदेशपछि विकसित घटनाक्रममाथि छलफल हुने बताइएको छ ।
साथै ६५ बर्षे उमेरहदका कारण जेठ २५ गतेबाट स्वतः अवकाश पाउन लागेकी कार्कीले एक महिना अगाडिदेखि विदा लिने परम्पराअनुसार भोलिदेखि विदामा बस्नेबारे पनि छलफल गर्ने बताइएको छ ।
कार्की निकट स्रोतका अनुसार उनले महाअभियोगपछि न्यायालय र संसदबीच बढेको विवाद साम्य पार्न विदामा बस्ने मनस्थिती बनाइसकेकी छन् । राष्ट्रपतिसँगको परामर्शपछि निर्णय लिनसक्ने बताइएको छ ।








