०१ चैत २०८२ , आइतबार

मेलम्चीको पानी प्रिपेड शैलीमा बितरण हुन्छ ः राज्यमन्त्री खड्का

काठमाडौं, ४ जेठ – खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले मेलम्चीको पानी प्रिपेड शैलीमा बताएका छन् । ‘मेलम्चीको पानी हामीले अत्याधुनिक तवरले बितरण गर्ने योजना बनाएका छौ’ राज्यमन्त्री खड्काले विहीवार हेर्नुस न्यूजसँग संक्षित कुराकानी गर्दै भने– पानी प्रिपेड शैलीमा बितरण हुन्छ । पैसा नतिरे पानीको लाइन स्वत काटिन्छ ।’
मन्त्रालयका अनुसारका अनुसार  अहिले टनेल निर्माण र पाइप बिछ्याउने कार्य तीब्र रुपमा भइरहेको छ । पाइपको काम जलाशयको  लागि सुन्दरी जलमा ६ वटा पोखरी निर्माण गर्ने कार्य भइरहेको छ । पोखरी निर्माणको कार्य पनि ८० प्रतिशत सकिएको छ । ६ वटा पोखरीमा साढे ६ करोड लिटर पानी अट्ने छ ।
राज्यमन्त्री खड्काले मुलुक गणतन्त्र संस्थागतको संघारमा रहेको प्रष्ट्याए । ‘स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ, यो निर्वाचनसँग संविधान अब जोगिएको छ’ उनले भने – संविधान कार्यान्यवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा धन्यवादको पात्र हुनुहुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *