
काठमाडौँ ८ जेठ – कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा ने.क.पा(एमाले)का उम्मेदवार कृष्णहरि थापा विजयी भएका छन् । उनले ८ हजार ९ सय ६९.मत ल्याएका छन् । एमालेको सहकारी विभाग केन्दीय सदस्य तथा काठमाडौं जिल्ला कमिटी सदस्य जिम्मेवारी समाल्दै आएका गोठाटार थापाले नेपाली काँग्रेसका प्रयासी उपेन्द्र कार्कीलाई…४ सय ८२.मत अन्तरले पराजित गरेका हुन् । कार्कीले ८ हजार ४ सय ८७ मत ल्याएका छन् ।
विद्याथी जीवनदेखि राजनीति संलग्न हुँदै पंचायतकालमा भूमिगत जीवन समेत बिताएका थापा २०५४ सालको स्थानीय चुनावमा एमालेबाट गोठाटारमा गा.वि.स अध्यक्ष निर्वाचित भएका थिए ।
नगरपालिकाको उपप्रमुखमा एमालेकै बिन्दु(पडासैनी) सिंखडा विजयी भएकी छन् । उनी ९ हजार १ सय ८२ मत ल्याएर नगरको उपप्रमुख बन्न सफल भएकी हुन् । सिंखडाले काँग्रेसकी उपमेयर प्रत्यसी अनिता(थापा) अधिकारीलाई ८ सय ८६ मत अन्तरले पराजित गरेकी छन् । अधिकारीले ८ हजार २ सय ९६ मत पाएकी छन् । नगरको उपप्रमुखमा विजयी थली निवासी सिंखडा स्वस्थ्य स्वंमसेविका हुन् ।







