०४ चैत २०८२ , बुधबार

कागेश्वरी मनोहरामा मेयर उपमेयरसहित जनप्रतिनिधिको सपथ

 

काठमाडौं, १० जेठ– कागेश्वरी मनोहरा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले बुधवार सपथ लिएका छन् । नगरप्रमुख कृष्णहरि थापा, उपप्रमुख बिन्दु(पुडासैनी) सिम्खडा र अध्यक्ष तथा सदस्यहरुलाई निर्वाचन आयोगका अधिकृतले प्रमाणपत्र प्रदान गर्दै सपथ गराएका हुन ।
नगरप्रमुख थापा र उपप्रमुख सिम्खडाले सपथ लगत्तै बुधवारदेखि नै नगरपालिका कार्यालयमा जिम्मेवारी समालेका छन् । नगरपालिकामा नगरप्रमुख र उपप्रमुख, ६ वडाअध्यक्षसहित ३४ जना एमालेका र बाँकीमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *