
काठमाडौं, १० जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार देशबासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले सम्बोधनको क्रममा नेपाली कांग्रेसको सहमति आफूले पद छोडेको बताए । प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्दै उनले भने– ‘बचनको भसोरा नभएको नेतृत्वले राष्ट्रलाई नेतृत्व गर्न सक्दैन । मैले वचन पुरा गर्नकै लागि राजीनामा दिएको हुँ । ’
प्रचण्डले सम्बोधनको क्रममा आफू प्रधानमन्त्री बन्ने बेला एमाले अध्यक्ष के.पी शर्मा ओलीले सोधेका १० प्रश्नको जवाफ दिने प्रयास गरेका छन् ।








