०३ चैत २०८२ , मङ्गलबार

काठमाडौको मेयरमा शाक्य र उपमेयरमा खड्गी विजयी, भरतपुरमा कडा प्रतिस्पर्धा

 

 

काठमाडौं १४ जेठ – काठमाडौं महानगरपालिकाको मेयरमा एमाले जिल्ला कमिटी सचिव विद्यासुन्दर शाक्य विजयी भएका छन् । शाक्य नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशीलाई पराजित गरेर महानगरको मयेर बनेका हुन  । शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएका छन् । कांग्रेसका जोशीले ४५ हजार २ सय ६९ मत पाएका छन् ।

महानगरको उपमेयरमा भने नेपाली कांग्रेसकी हरिप्रभा खड्गी  विजयी भएकी छन । उनी एमाले र राप्रपाको साझा उम्मेदवार राजाराम श्रेष्ठलाई पराजित गरेर उपमेयर बनेकी हुन् । खड्काले ५८ हजार ९ सय ५२ मत ल्याएकी छन् । उनको प्रतिद्वन्द्वी श्रेष्ठले ३४ हजार ८ सय ४५ मत पाएका छन् ।
मुलुकको चार वटा महानगर पालिका मध्ये ललितपुर, पोखरा र काठमाडौको मतगणना सकिएको छ । ती मध्ये ललितपुर नेपाली काँग्रेस तथा पोखरा र काठमाडौ एमालेको पोल्टामा गएको छ ।
भरतपुर महानगरपालिकामा भने अहिलेसम्म मत गणना जारी छ । अन्तिम चरणमा पुगेको मतगणनाको पहिल्लो परिणाम अनुसार त्यहाँ अहिलेसम्म एमाले उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवार रेण्ुा दाहालले केही समय मतको अन्तरमा ज्ञवालीलाई पछ्याइरहेकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *