०४ चैत २०८२ , बुधबार

सरकार हात्ती, मधेसवादी दल माउत्ते ः ओली

 

काठमाडौ, १४ जेठ – पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार मधेसवादी दलको नियणन्त्रमा रहेको बताएका छन् । ‘सरकार राष्ट्रिय जनता पार्टी (राजपा) बाट नियन्त्रित र निर्देशित भएको छ’ प्रेस चौतारी, कास्कीद्धारा आइतबार पोखरामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने– ‘हेर्दा हात्ती ठूलो हुन्छ तर, माउतेले हात्तीलाई नियन्त्रणमा राखेर काम गराउँछ । सरकार हात्ती र राजपा माउत्ते जस्तै बनेको छ । सरकार पूर्ण रुपमा राजपाबाटै नियन्त्रित छ ।’
पूर्व प्रधानमन्त्री ओलीले सरकार राजपालाई देखाएर निर्वाचन टार्ने प्रयास गरिरहेको आरोप लगाए । ‘राजपालाई भन्न लगाउने अनि, चुनाव रोक्ने प्रयास गर्ने आफै’ उनले भने – कांग्रेस–माओवादीले चुनाव टार्ने प्रयास गरिरहेका छन् । तर चुनाव भएरै छाड्छ ।’ नेता ओलीले अहिले प्रतिपक्षी एमाले सरकार जस्तो र सरकार प्रतिपक्ष जस्तो भएको टिप्पणी गरे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *