काठमाडौं १६ जेठ – बाजुरा नेपाली सेनाको विमान दुर्घटनामा परेको छ । सुर्खेतबाट सिमिकोट तर्फ उडेको एन ए ४८ स्काई प्लग विमान सिमिकोटमा हावाको चाप बढेपछि बाजुराको कोल्टी विमानस्थलमा आपतकालीन अवतरण गर्न खोजिएको थियो । विमानस्थलमा अवतरण गर्न लाग्ला धावनमार्गबाट चिप्लिएर खेतमा पुगेको हो । दुर्घटनापछि विमानमा आगो लागेको थियो । विमानमा लागेको आगो सेनाको टोली र बासिन्दाको सहयोगमा निभाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । दुर्घटनामा चालक महासेनानी कैलाश गुरुङको मृत्यु भएको छ । सहचालक सुवेदार पूर्णबहादुर खड्का र परिचारिका अनिता आले घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि सीता एयरबाट नेपालगञ्ज लगिएको छ । विमान उनीहरु तीन जना मात्र थिए ।








