काठमाडौं, १६ जेठ – प्रमुख प्रतिपक्ष दल एमालेले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनालाई गम्भीर रुपमा लिदै निर्वाचन आयोगको ध्यानाकष्र्ण गराएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल सहितको शीर्ष टोलीले मंगलवार निर्वाचन आयोग पुगेका छन् । पूर्वप्रधानमन्त्रीद्धयले प्रमुख आयुक्त अयोधीप्रसाद उपाध्यायलाई भेटेर मतपत्र च्यात्ने लगाउने कार्य सत्तापक्षबाट भएको जाउँदै भरतपुर घटनालाई गम्भीर रुपमा लिन आग्रह गरेका छन् । एमालेका शिर्षहरुले
प्रमुख आयुक्त वा आयुक्तलाई भरतपुर जान आग्रह गरेका छन् । ‘दुई वटा मतपत्र च्यातिदैमा पुन मतदानमा जानु उपयुक्त होइन’ पूर्व प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त समक्ष भने । एमाले नेताहरुसँग भेटपछि प्रमुख आयुक्त यादवले भरतपुर घटनाले आयोगलाई चिन्तित बनाए । ‘आयोग कसैको दबावमा परेर निर्णय गर्दैन, लोकतन्त्रको मूल्य मान्यतालाई मर्न दिँदैन’ उनले भने– हार्ने भएपछि मतपत्र च्यातेर पुन मतदान गर्ने परिपाटी बस्न दिन्नौ ।’
भारपुरमा मत गणना माग्दै धर्ना
भरतपुरमा पुन मतदान नभई पुन मतगणना नै हुनुपर्ने माग एमाले मंगलवार जनप्रर्दशन गरेको छ । एमालेका नेता तथा कार्यकर्ताले मत गणना पुन सुचारु गर्न माग गर्दै धर्ना दिएका छन् । धर्नामा हजारौ सहभागी छन् ।








