०४ चैत २०८२ , बुधबार

मतगणना सुरु नगरे संसद अवरुद्ध र ज्ञवालीलाई मेयर घोषणा गर्ने एमालेको चेतावनी

काठमाडौं १७ जेठ– प्रमुख प्रतिपक्षी दल एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुचारु गर्न माग गर्दै  संसद्को बैठक अबरुद्ध गरेको छ । एमालेले मतगणना नगरी जर्बजस्त पुन मतदानमा गए मेयरका उम्मेदवार देवी ज्ञवालीको विजयी  घोषणा गर्ने  चेतावनी दिएको छ ।  वडा नम्बर १९ को मतगणना अन्तिम चरणमा पुगिरहेको बेला आइतवार मध्यरातमा माओवादी कार्यकर्ताले २ वटा मतपत्र च्यातेको प्रहरीले पुष्टि गरेको थियो । माओवादीले भने मतपत्र एमालेले च्यातेको आरोप लगाएको थियो । मतपत्र विवाद बारेमा निर्वाचन आयोगले छानवीन गरिसकेको छ । आयोगले मतपत्र माओवादीले च्यातेको प्रतिवेदन तयार पारेको छ । एमालेले माओवादीले प्रधानमन्त्री प्रचण्डकोनिर्देशनमा मतपत्र च्यात्ने योजना बनेको बताएको छ । मतपत्र च्यातेको आरोप पनि एमालेले लगाएको छ । संसद्को बुधवार बसेको बैठकमा  एमाले नेता सुरेन्द्र पाण्डेले अविलम्ब मतगणना शुरु गर्न माग गरेका छन् । साँसद पाण्डेले मतगणना शुरु नभएसम्म संसद अबरुद्ध गर्ने तथा आफ्नो उम्मेदवारलाई पाटीले विजयी घोषणा गर्ने चेतावनी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *