०४ चैत २०८२ , बुधबार

भरतपुरमा पुन मतगणना सुचारु गर्ने आयोगको तयारी

काठमाडौं, १८ जेठ – निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा पुन मतगणना नै सुचारु गर्ने भएको छ । आयोगले प्रमुख प्रतिपक्ष एमालेको संसद अवरोधको कारण छानवीन समितिको प्रंतिवेदनको आधारमा मतगणना गर्ने तयारी गरेको हो ।  छानवीन समितिले त्यसको मतणना स्थलको शील विहीवार अपरान्ह खोल्दैछ । समितिले गणनास्थलको वस्तुस्थिति मुजुल्का गरेर पठाएपछि त्यसको आधारमा आयोगले मतगणना सुरु गराउने स्रोतले बताएको छ । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल  दाहाल  प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समेत अब मतगणना नै गर्ने मनस्थितिमा पुगेका छन् । सत्ता रुढ दल नै मतणनाको पक्षमा आएपछि आयोगलाई मतगणना गराउने बाटो सहज भएको हो । आयोगले संभवत विहीवर रातीवाट शुक्रवार  बिहानदेखि मत गणना सुरु गराउने बुझिएको छ । स्रोतका अनुसार एमालेले त्यही बिषयलाई लिएर निरन्तररुपमा ससद अवरोध गर्न थालेपछि देउवाले  मतगणना  नै गराउने मनस्थिति बनाएका हुन् । देउवा दोस्रो चरणको चुनाव अगावै प्रधानमन्त्री बन्ने धुनमा छन् । राष्ट्रिय सहमतिको सरकार गठन गर्ने म्याद  बुधवार रातीदेखि सकिएको छ । राष्ट्रपतिसँग अनुमति दिएर सभामुख ओनसरी घर्तीले विहीवारदेखि बहुमतीय प्रधानमन्त्री चयनको प्रकृया अगाडि बढाउदै  छिन्  । त्यसको लागि संसद सुचारु हुन आवश्यक छ । तर एमाले भरतपुरकै बिषयलाई संसद अवरोध  गरेपछि देउवालाई चुनाव अघि प्रधानमन्त्री बन्न सक्दिन कि भन्ने चिन्ता  छ । देउवा त्यही भएर मतगणना नै सुरु गर्ने पक्षमा लागेको बताइन्छ । प्रधानमन्त्री  प्रचण्डलाई  पनि देउवाले दबाब दिएर मतगणनामा जान बाध्य पारेको स्रोतको दाबी छ ।  नगरको वडा  नं १९ मा मतगण्ना भइरह्दा आइतवार राती माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए । माओवादीले मत गनिसकेकोर गन्न बाँकीरहेकोगरी ५ वटा मतपत्र च्यातेको खुलासा भएको छ । मतपत्र च्यातेपछि चितवन काँग्रेस र माओवादी केन्द्रले पुन मतदान हुनुपर्ने माग गर्दै आएको थियो । तर एमालेले भने पुन मतगणनाको माग गर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *