०४ चैत २०८२ , बुधबार

संसद जेठ २१ सम्म स्थगित, प्रधानमन्त्री चयन अन्यौलमा

काठमाडौं १८ जेठ– प्रमुख प्रतिपक्ष एमालेले भरतपुर महानगरपालिका मतगणना शुरु गर्न माग गर्दै अवरोध गरेपछि व्यवस्थापिका संसदको बैठक जेठ २१ सम्मको लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीले संसद बैठक सुरु गरेर प्रधानमन्त्री बहुमतीय प्रणालीबाट चयनको लागि राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र पढन लाग्दा एमाले सांसदहरुले आ–आफ्नो ठाउँमा उभिएर भरतपुरमा पुन मतगणना गर्न माग गरेका थिए । एमालेले संसदले बैठक अवरोध गरेपछि माओवादी सांसद रामनारायण विडारीले नियमापत्ति गरेका थिए । तर सभामुख ओनसरी घर्तीले प्रमुख प्रतिपक्षका सांसदहरु उभिएर अवरोध गरेको अवस्थामा नियमापत्ति स्वीकार गर्न नसकिने रुलिङ गरिन । सभामुखको रुलिङपछि विडारी आक्रोशित भए । बैठक करिव ५ मिनेट अवरोधपछि सभामुख घर्तीले जेठ २१ गतेसम्मका लागि संसद स्थगित गरेकी छन् । बैठक स्थगित भएपछि प्रधानमन्त्री चयन प्रकृया समेत अन्यौलमा परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *