काठमाडौं १९ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ । अख्तियारले शर्मालाई कर छलीको आशंकामा पक्राउ गरेको हो । शर्माले कर फछ्र्यौटमा व्यापक अनियमिता गरेको उजुरी विभागबाटै परेपछि उनलाई अनुसन्धानको लागि पक्राउ गरिएको अख्तियार स्रोतले बताएको छ । अर्थ र प्रशासनमा दक्ष मानिने शर्मा सुशील कोइराला नेतृत्व सरकारको पालामा आन्तरिक राजश्व विभागका महानिर्देशक भएका हुन् । नेपाली काँग्रेस निकट भनेर चिनिएका उनलाई तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले महानिर्देशक बनाएका थिए ।








