०४ चैत २०८२ , बुधबार

संसद बाहिरबाटै प्रधानमन्त्री चयन प्रकृया सुरु, सभामुखलाई महाअभियोग लाग्न सक्ने

काठमाडौ, १९ जेठ– सभामुख ओनसरी घर्तीले संसदलाई छलेर प्रधानमन्त्री चयन प्रकृया सुरु गरेकी छन् । संसदीय व्यवस्थामा यसरी प्रधानमन्त्री चयन प्रकृया थालिएको यो पहिलो पटक हो । सभामुख घर्तीले प्रमुख प्रतिपक्ष एमाले लगायतका दलले संसद अवरोध गरेपछि त्यस्तो अतिरोध अन्त्य गर्ने प्रयासन नगरी शुक्रवार बीच सूचना टाँसेर प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अगाडि बढाएकी हुन् । संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार शनिबार विहान ११ देखि  ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।  आइतबार विहान ११ बजे  निर्वाचन हुने जनाइएको छ । प्रधानमन्त्री निर्वाचनको लागि संसद अनिवार्य रुपमा चल्नुपर्ने हुन्छ । तर एमालेले भने भरतपुरमा मतगणना नभएसम्म संसद अवरुद्ध गर्ने अडान लिएको छ ।  सभामुख घर्तीको कार्य र एमालेको अडानले प्रधानमन्त्री चयन प्रकृया विवादमा पर्न सक्ने अवस्था देखिएको छ । यदि आइतवार संसद चल्न सकेन भने  सभामुख घर्ती विवादमा पर्ने छिन् । यही कार्यको बिषयलाई लिएर विपक्षी दलले उनी माथि महाअभियोग  प्रस्ताव समेत पेश गर्न सक्ने स्थिति उत्पन्न हुन सक्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *