०४ चैत २०८२ , बुधबार

च्यातिएको मत बदर मानेर बाँकी गन्नुपर्छ– नेता नेपाल

 

काठमाडौ, २० जेठ– पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा पनि एमाले ठूलो दल बन्ने बताएका छन् । ‘चुनाव एकै चोटी गर्दा देशभर एमालेले जित्छ भन्ने डरले दुई चरणमा गराएको हो’ पूर्व प्रधानमन्त्री नेपालले शनिवार एमाले कामनपा– ३२ द्धारा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने– पहिलो चरणमा ३, ४ र ६ नम्बरमा किन चुनाव गराइयो ? वास्तवमा भने हो भने, सत्तापक्षले यी ठाउँमा एमाले अत्यन्त कमजोर छ भनेर आँकलन गरिरहेको थियो । त्यही भएर पहिला त्यो ठाउँमा चुनाव गराएर त्यहाँको मत परिणाम सार्वजनिक गर्ने र त्यही आधारमा एमाले सत्तासाफ भयो भन्ने प्रचारबाजी गरेर बाँकी रहेका प्रदेशमा आफ्नो प्रभाव बढाउने उनीहरुको योजना हो । २०१५ सालको चुनावमा पनि यस्तौ गरिएको थियो । तर पहिलो चरणमा सत्ता पक्षले सोचे भन्दा उल्टो परिणाम आयो, एमाले पहिलो भयो ।’
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो हुने नेता नेपालको दाबी छ ‘१ र ७ नम्बर प्रदेशलाई एमालेकै किल्ला ठाने हुन्छ’ उनले भने – बाँकी २ र ५ मा पनि एमाले नै बलियो छ ।’
नेता नेपालले २ नम्बर प्रदेशमा एमालेको लहर फैलिदै गएको बताए । ‘२ नम्बरमा एमालेको ४० प्रतिशत आउँछ’ उनले भने– तराईका जनताले एमालेलाई अत्यन्तै मन पराएका छन् । मत हामै्र पक्षमा छ तर त्यसलाई हामीले सुरक्षित पार्न सक्नुपर्छ ।’
पूर्व प्रधानमन्त्री नेपालले भरतपुरमा पुन मतदान नभई पुन मतगणना नै हुनुपर्नै दाबी गरे । ‘च्यातिएको मतलाई बढर गरेर बाँकी मत गन्नु पर्छ, त्यस आधारमा भएको फैसला स्वीकार्न एमाले तयार छ’ उनले भने – मत च्यात्दै, फेरि मतदान गर्दै जानु राम्रो होइन, हार्नेले अन्तिममा गएर मत पत्र च्यात्ने परिपाटी बस्छ । अनि त्यसमा चुनाव गर्दै जाने हो भने मुलुकमा चुनाव कहिल्यै सकिदैन ।’


कार्यक्रममा वडा नम्बर ३२ का नवनिर्वाचित अध्यक्ष नवराज पराजुलीले सबैलाई समेटेर अगाडि बढ्ने बताए । ‘पार्टीको स्वाभिमानमा आँच आउन दिनेछैन, कार्यकर्ताको शिर झुकाउने काम कहिल्यै गर्ने छैन’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *