०५ चैत २०८२ , बिहिबार

प्रधानमन्त्रीलाई पौडेल पक्षले साथ नदिएपछि मन्त्री छान्न ढिलाई

काठमाडौं २५ जेठ–  प्रधानमन्त्री शेरबहादुर देउवाले विहीवार पनि मन्त्रीमण्डललाई पूर्णता दिने नसक्ने अवस्था देखिएको छ । पार्टीभित्र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहयोग गरेपछि मन्त्रीमण्डल बिस्तारमा ढिलाई भएको हो । प्रमख सत्तासाझेदार दल काँग्रेसले ११ र माओवादी केन्द्रले ९ मन्त्रालय बाँडफाड गर्ने सहमति भएको छ । काँग्रेसले आफ्नो भागमा परेको ११ मध्ये पहिलो चरणमा गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र फर्मूल्ला मन्सुर प्रधानमन्त्रीको सपथसँगै मन्त्री भएका छन् । श्रेष्ठले उपप्रधानमन्त्री सहित शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । कार्की अर्थ र मन्सुर श्रम तथा रोजगार मन्त्री बनेका छन् । यी तिनै जना देउवाका अन्धभक्त मानिन्छन् । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले सुरुमा महेश आचार्यलाई बनाउने योजना बनाएका थिए तर आचार्यले अघिल्लो सरकारले बजेट ल्याइसकेको अवस्थामा अर्थ मन्त्रालय समाल्न त्यति रुचि राखेनन  । विगतमा काइराला पक्षधर भनेर चिनिएका आचार्य २०४८ सालमा अर्थमन्त्री भएका थिए । उनले त्यसबेला ल्याएको नीति र कार्यक्रमलाई काँग्रेसबाट असफल पारिएको थियो । नीति र कार्यक्रम फेल भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मुलुकमा मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । आचार्यले मन्त्री बन्न अस्वीकार गरेपछि कार्कीलाई अर्थमन्त्री बनाइएको हो ।  पौडेल पक्षले नाम नदिएपछि काँग्रेसले बाँकी ८ मन्त्रीको टुंगो लगाउन सकेको छैन । माओवादी केन्द्रले कृष्णबहादुर महराको नेतृत्वमा पहिलो चरणमा ३ जनालाई पठाएको छ । महराले उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् । अघिल्लो सरकारमा उर्जा मन्त्री भएका चर्चा कमाएका जनार्दन शर्माले गृह मन्त्रालय पाएका छन् । प्रभु साहलाई बिना बिभागीय मन्त्री बनाएको छ । त्यस्तै  प्रधानमन्त्री देउवाले सत्ता अड्याउने ‘टेको’कोरुपमा मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) का अध्यक्ष बिजयकुमार गच्छदारलार्य उपप्रधानमन्त्री सहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सुम्पेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *