काठमाडौं, २८ जेठ– राष्ट्रिय जनता पार्टीले असार १४ गतेको निर्वाचन पर सारेर संविधान संशोधन विधेयक पारित गर्न अडान राखेपछि सत्तारुढ दलहरुसँग आइतवार भएको छलफल विना निश्कर्ष सकिएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको छलफलमा सरकारले चुनावपछि संशोधन पारित गर्ने प्रतिबद्धता सहित राजपालाई सरकारमा आउन पुनः आग्रह गरेको थियो । प्रधनानमन्त्री शेरबहादुर देउवा सहित सत्तारुढ दलका शीर्ष नेताहरु सभागि बैठकमा मोर्चाले संविधान संशोधन लगायत माग पूरा नभइ चुनावमा नजाने बताएका थिए । बैठकमा राजपाको तर्फवाट अध्यक्षमण्डलका नेता महन्थ ठाकुर सहितका नेताहरु सहभागि थिए । सत्तारुढ दलहरुसंगको बैठक निश्कर्षमा नपुगेपछि भावी रणनीति बनाउन राजपाले आन्तरिक छलफल गर्दैछ । दलहरुबीच सहमतिको प्रयास जारी राख्ने समझदारी भएको छ । दोस्रो चरणको चुनावका लागि उम्मेदवारको मनोनयन गर्ने समय पाँच दिन बाँकी रहदा दलहरुबीच छलफल तीब्र बनेको हो ।








