०४ चैत २०८२ , बुधबार

प्रधानमन्त्रीलाई नेकपा (एमाले)को ज्ञापन

३२ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेकपा (एमाले) अध्यक्ष केपी शर्मासहितको टोलीले आज भेट गरी हालैको बाढी पहिरोमा परी निधन भएका प्रतिपरिवारलाई रु पाँच लाख दिन माग गरेको छ ।

अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति सरकार गम्भीर हुनुपर्ने र उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी हुनुपर्ने भन्दै एमालेले सरकारलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाएको हो ।

एमालेका अध्यक्ष ओलीले दक्षिणी छिमेकी भारतको सीमास्थित कोशी बाँधका ढोकाहरु समयमै नखोल्दा पूर्वी तराईमा विकराल समस्या उत्पन्न भएको परिस्थितिमा तुरुन्तै कुटनीतिक पहल गरी बाँधका ढोकाहरु खोल्नुपर्ने दायित्वप्रति सरकारले समयोचित कदम चाल्न पनि आग्रह गर्नुभयो । राज्यको सम्पूर्ण शक्ति पीडितहरुको उद्धार, राहत तथा पुनः व्यवस्थापनमा लगाउन एमालेले सरकारसमक्ष माग गरेको छ । एमालेले यस कार्यमा आफ्नो पार्टीले सहयोग गर्ने पनि जनाएको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले सरकारले आफ्नो स्रोत साधन परिचालन गरी उद्धार, राहत र पुनःस्थापनामा प्राथमिकता दिएको बताउँदै यस कार्यमा सबैको सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *