०६ चैत २०८२ , शुक्रबार

बाढीपिडितलाई काठमाडौं फोटोग्राफर संघद्वरा राहत वितरण

काठमाण्डौ ४, भदौं । काठमाण्डौ फोटोग्राफर संघले सर्लाहीका बाढीपिडितलाई राहत सामग्री वितरण गरेको छ । सर्लाहीको हरिवन नगरपालिका वडा नं. ४ र ५ का पिडितलाई लत्ता कपडा, जुत्ता चप्पल, दाल, चामल चिउरा, विष्कुट लगायत सामग्री वितरण गरिएको हो । संघका अध्यक्ष भवदेव थापाको नेतृत्वमा सर्लाही नै पुगेर २०० घर परिवारलाई राहत सामग्री वितरण गरिएको संघका अध्यक्ष

भवदेव थापाले जानकारी दिनुभयो । । भदौ १ गते राजधानीका फोटोग्राफर र स्थानीय जनतासँग बाढीपिडितको सहयोगका लागि राहत संकलन गरिएको थियो । अध्यक्ष थापाले विपद्मा रहेका तराईका जनतालाई थोरै सहयोग पुर्याउन पाउँदा सन्तुष्टी मिलेको बताउनुभयो । उहाँले यस विपद्को सामना गर्न हिमाल पहाड र तराईका सबै दाजुभाई एकजुट भएर लाग्नु पर्ने धारणा राख्नु भयो । राहत संकलन र वितरण कार्यमा सहयोग पुर्याउने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

फोटो ः धर्मराज के.सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *