०४ चैत २०८२ , बुधबार

एमाले सांसदहरुको एक महिनाको तलब राहत कोषमा

 

काठमाडौँ, ६ भदौ । नेकपा (एमाले)ले आफ्ना सांसदहरुको एक महिनाको तलब बराबरको चेक प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्का कार्यालय सिंहदरबारमा भेट गरी एमालेका सांसदहरुका तर्फबाट संकलन भएको रु ९९ लाख ७८ हजार ३९० को चेक हस्तान्तरण गर्नुभएको हो । तराई मधेसका बाढीपीडितका लागि सहयोग गर्न सो रकम हस्तान्तरण गरिएको एमालेले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री देउवाले रकम हस्तान्तरण गरेकामा एमालेलाई धन्यवाद दिनुभयो ।

भेटमा बाढीपहिरो पीडितको राहत र पुनः स्थापनाको कार्य प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको एमालेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *