०४ चैत २०८२ , बुधबार

शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड

 

भक्तपुर ८ भदौ । हरितालिका (तीज) पर्वका अवसरमा आज भक्तपुरका प्रमुख शिवालयहरुमा बिहानैदेखि महिलाहरुको भीड लागेको छ ।

ब्रम्हा, बिष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिर, केदारनाथको शिर मानिएको सिपाडोलको डोलेश्वर महादेव मन्दिर, आशापुरी महादेव मन्दिर, चित्तपोलको कैलाशनाथ महादेव मन्दिर, सिरुटारको सोमलिङ्गेश्वर, गुप्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव मन्दिर, गुण्डुको अनन्तलिङ्गेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

मन्दिरमा महिला दर्शनार्थीको भीड लागेपछि सहजरुपमा दर्शनार्थीलाई दर्शन गर्ने व्यवस्था एवं स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ । भक्तपुरको दत्तात्रय मन्दिर, डोलेश्वर महादेव मन्दिर, आशापुरी मन्दिरमा महिलाको अत्यधिक घुइँचो लागेकाले सुरक्षा व्यवस्थाका साथै स्वयंसेवक परिचालन गरिएको छ ।

महिलाहरु भोकै बसेर ब्रत बस्ने भएकाले सम्भावित दुर्घटनालाई ध्यानमा राखेर दत्तात्रय र डोलेश्वर मन्दिरमा स्वास्थ्य शिविरको समेत व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *