०४ चैत २०८२ , बुधबार

चाडपर्वलाई लक्षित गरी ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरिने

काठमाडौँ, २१ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ ।

सरकारले दशैँमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेसँगै महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजले काठमाडौँ उपत्यकाको १२ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागेका हुन् ।

उपत्यकाको नागढुङ्गा, कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चावहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल र बल्खुमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएका छन् ।

महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुको सहजताका लागि ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजका प्रतिनिधि रहने गरी यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको जानकारी दिनुभयो । “यात्रुहरु सहज रुपमा घर जानका लागि यात्रु सहायता कक्ष स्थापना गरेका हौँ,” प्रमुख खनालले भन्नुभयो ।

उहाँले बसको क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई गन्तव्यसम्म नपु¥याई बीच बाटोमा अलपत्र पारेर छाड्ने, बढी भाडा लिने, टिकट कालोबजारी गर्नेलगायत काम गरेमा कारबाही गरिने बताउनुभयो । तर यातायात व्यवसायीले भने सामान लैजानका लागि छतको व्यवस्था हुनुपर्ने र सवारीसाधन गुड्नका लागि बाटो राम्रो बनाउन सरकारलाई पटकपटक आग्रह गरेका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला चाडवाडमा घर जाने यात्रुको सामान धेरै हुने र राख्ने ठाउँ नहुँदा यातायात सञ्चालन गर्न समस्या हुने बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *