काठमाडौँ, २६ भदौ । नेपाल चेम्बर अफ कमर्सले मुलुकको आर्थिक समृद्धिमा आर्थिक विषयमा कलम चलाउने पत्रकारको भूमिका महत्वपूर्ण भएकाले मिलेर जान आफू तयार रहेको बताएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आज यहाँ आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक पत्रकारितालाई थप सबल र सक्षम बनाउन सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सेजनका नवनिर्वाचित अध्यक्ष पुष्पराज आचार्यले आर्थिक समाचार सम्प्रेषण गर्दा सत्यतथ्य बुझेर मात्रै गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि चेम्बरसँंग मिलेर सेजनका २५० साधारण सदस्यलाई तालीमलगायत क्षमता अभिवृद्धि कार्यक्रम गरिनुपर्ने बताउनुभयो ।








