०४ चैत २०८२ , बुधबार

काठमाडौं ३ मा वाम गठबन्धनलाई जिताउन नागरिक समाजको उद्घोष

जोरपाटी २, मंसिर । नागरिक समाज, अर्याल गाउँ जोरपाटीद्वारा आयोजीत उम्मेद्वार उम्मेदवार भेटघाट कार्यक्रममा वाम गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन नागरिक समाजले उद्घोष गरेका छन् ।


वाम गठबन्धनका तर्फबाट काठमाडौ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार कृष्ण राई, प्रदेशसभा सदस्य (क) रामेश्वर फुयाललाई अत्यधिक बहुमतले विजयी गराउन नागरिक समाजको उदघोष गरेको हो ।

नागरिक समाज अर्यागाउ जेरपाटीका डा. बिनोद दाहालको सभापतित्व तथा समाजसेवी हरिप्रकाश पुडासैनीको स्वागतमा सो कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बोल्दै समाजसेवी हरिप्रकाश पुडासैनीले वाम गठबन्धनका उम्मेद्वारलाई जिताउन सबैलाई अह्वान गरेका छन् ।

 

प्रतिनिधितर्फका प्रत्यक्ष उम्मेद्वार कृष्ण राईले नागरिक समाजदेखि आम युवा, वृद्ध र सबै वर्गसमुदायको साथ पाएको व्यक्त गर्दै आफु विजय हुनेमा कुनै शंक नरहेको दावी गरे । जनताको साथ रहेको जिकिर गर्दै मंसिर २१ गते विहानैदेखि सबै मतदान केन्द्रमा सूर्य उदाउने व्यक्त गरे । सोही कार्यक्रममा काठमाडौं क्षेत्र नं. ३ बाटै निर्वाचित पूर्व सांसद रामेश्वर फुयालले पुन आफु जनताको माया र सदभावले गर्दा प्रदेशसभाबाट उम्मेद्वारी दिएको बताए । फुयाँल प्रदेशसभा (ख) को वाम गठबन्धनबाट उम्मेद्वार  हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *