०४ चैत २०८२ , बुधबार

समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल पार्न वाम गठबन्धनलाई जिताउनुस : बमध्वज

काभ्रे २, मंसिर। वाम गठबन्धनका साझा उमेदवार प्रतिनिधि सभा क्षेत्र नं. १ का उमेदवार गंगा बहादुर तामाङ(बमध्वज) ले समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल पार्न वाम गठबन्धनलाई मतदान गर्न अनुरोध गरेका छन् । शनिवार काभ्रेको दाप्चास्थित डराउने पोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दैे उनले समृद्ध राष्ट्र निर्माणका साथै नव निर्माणका लागि गठबन्धनको जीत अनिवार्य रहेको बताएका हुन् ।

 

दाप्चाको डराउने पोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ का बाम गठबन्धनका उमेदवार गंगाबहादुर तामाङ (बमध्वज)ले हिजो जनताको प्रतिवद्धता गरेको कामहरु भईरहेको र यसका लागि बजेट अभावका कारण रोकिएको भए निर्वाचनमा विजयी भएर आएपछि ति सबै बाँकी कामलाई पूर्णता दिने जिम्मेवारी वाम गठबन्धनले लिने बताएका छन् । उनले घरदैलो र कोण सभालाई सम्बोधन गर्दैे आम शुभचिन्तक र मतदाताहरुलाई बमध्वज र चन्द्र लामा भनेको एउटै भन्र्दै चुनावी अभियानमा होमिनका लागि नेता कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

 

यसैगरी निवर्तमान सांसद रामहरी सुवेदीले बाम गठबन्धनसंग जनताको साथ रहेकाले भोलिको सुन्दर नेपाल बनाउने तागत पनि आफुहरुसँगै रहेको बताए । सुवेदीले भने ‘हामीसंग धन पनि छैन, डन पनि छैन, हामीसंग जनता छ, यही जनताको मतबाट विजयी भएर समृद्ध राष्ट्र निर्माणका लागि लागिरहेका छौं ।’ ‘अहिले हामी वामगठबन्धनलाई मतदान गर्नका लागि अनुरोध गर्दै आएका छौं, चुनावपछि हामी एउटै पार्टी हुनेछौं, हिजो भनेका कुरा कही कतै पूरा नभएको भए आगामी दिनमा पूर्णता दिने ।’ बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *