मङ्सिर ३, डोल्पा । डोल्पामा बाम गठबन्धनका बुद्धिजीवि,पत्रकार र लेखकको सँयूक्त भेला सम्पन्न भएको छ । निर्वाचन नजिकीदै गर्दा बाम घटक भातृसँगठनको सँयूक्त भेलाको आयोजना गरिएको नेपाल बसद्धिजीवि परिषद डोल्पाले जानकारि दिएको छ ।
मँसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनका उम्मेद्धारलाक्ष् भारि मतले बिजयी गराउन भातृसँगठन बुद्धिजीवि परिषद,प्रेस सेन्टर,प्रेस चौतारि र लेखकहरुकोे मुभिका कस्तो रहने भन्ने बिषयमा गठबन्धनको पहिलो भेलाको आयोजना गरिएको बद्धिजीवि परिषद डोल्पाका अध्यक्ष आङ्ग बहादुर लामाले जानकारि दिए । उनका अनुसार उम्मेद्धारलाइ सुझाव र भातृसँगठनले खेल्नु पर्ने भुमिकाको बिषयमा गठबन्धनका शिर्ष नेताहरुले प्रशिक्षण दिएको र सुझाब दिएको बताए ।
ठुलो सँख्यामा भेलाका भएका बुद्धिजीवि,पत्रकार र लेखकहरुले लोक्तान्त्रिक शक्तिका उम्मेद्धारले पछिल्लो समय गठबन्धन सर्मथकलाइ झुक्याएर,फकाएर र प्रलोभनमा पारेर आफु केन्द्रीत गरेका क्रियाकलाप बढे पछि उम्मेद्धार र गठबन्धनका शिर्ष नेताहरुको ध्यानार्कषण गराएको लँक बहादुर रोकायाले बताए । उनले भने दुष्मनलाइ कम्जोर नमान्न भन्दै यो छोटो समयमा दुबै पार्टिका सबै कार्यकर्ता र शिर्ष नेताहरु गाँउगाँउमा एवम घरघरमा हुनु पर्ने भोट कार्यकर्ताले मात्र हाल्ने नभएर जनताले हाल्ने सुझाब दिए ।
नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य हँश बहादुर शाही लगायत जिल्लाका शिर्ष नेताहरु तथा माओबादि केन्द्र डोल्पाका जिल्ला सँयोजक माल बहादुर रोकाया९सितार० सहित अन्य दर्जनौ शिर्ष नेताहरुको उपस्थितिमा बाम गठबन्धनका भातृसँगठनहरुको भेला गरिएको प्रचारप्रशार बिभाग प्रमूख बबि किशोर गूरुङ्गले जानकारि दिए । उनका अनुसार स्थानिय तहको निर्वाचनमा एमाले पहिलो र माओबादि केन्द्र दोस्रो पर्टि भएको र यस पटकको निर्वाचनमा बाम गठबन्धनलाइ अत्याधिक मतले बिजय गराउने लक्ष्य रहेको गूरुङ्गले दावी गरे ।








