०४ चैत २०८२ , बुधबार

निर्वाचनपछि ५ वर्ष स्थायी सरकार बनाउने एमाले अध्यक्ष ओलीको दाबी

काठमाडौं ५, मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन पछि देशमा कम्युनिस्ट सरकार र कम्युनिस्ट शासन आउने दाबी गरेका छन् ।भरतपुरमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वाम गठबन्धनदेखि नतर्सिन आग्रह गर्दै निर्वाचनपछि देशमा कम्युनिस्ट सरकार र कम्युनिस्ट शासन आउने दावी गरेका हुन् ।

 

शान्ति र स्थायित्वका लागि एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको दाबी गर्दै अध्यक्ष ओलीले निर्वाचनपछि गठबन्धनले देशमा ५ वर्षको स्थायी सरकार बन्ने पनि दावी गरे । ‘निर्वाचनपछि मुलुकमा एउटा स्थायित्व आउँछ । हामी स्थायी सरकार दिन्छौं’, ओलीले भने, ‘देश बनाउन पाँच वर्ष सरकार चलाउँछौं ।’ कम्युनिस्ट सरकार आए देशमा अधिनायकवाद स्थापित हुने नेपाली कांग्रेसको पछिल्ला अभिव्यक्तिको चर्को आलोचना गरे ।

अध्यक्ष ओलीले उदारीकरणको नाममा उद्योग बेचेर खाने काम अबको सरकारले नगर्ने समेत बताए । भृकुटी कागज कारखाना, बासवारी छाला जुत्ता कहाँ गयो भन्दै सोधेका ओलीले ३८ वटा उद्योग ध्वस्त पार्ने र ४० लाख युवालाई खाडी मुलुक पठाएको जिम्मा कांग्रेसले लिनुपर्ने उल्लेख गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *