०४ चैत २०८२ , बुधबार

च्याम्पियन्स लिग फुटबलमा क्रिष्टियानो रोनाल्डोले आफ्नै कीर्तिमान तोडे

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफ्नै कीर्तिमान तोडेका छन्।

गएराति भएको समूह चरणको अन्तिम खेलमा साबिक विजेता रियल मड्रिड एपोइल निकोसियासँग ६-० ले विजयी भयो। अवे मैदानमा भएको खेलमा रियल मड्रिडलाई प्रभावशाली जित दिलाउने क्रममा करिम बेन्जिमा र क्रिष्टियानो रोनाल्डोले दुई दुई तथा लुका मोड्रिक र नाचोले एक एक गोल गरे।

रियलले पहिलो हाफमा चार गोल गर्‍यो भने दोस्रो हाफमा दुई थप्यो। यो सिजन ला लिगामा गोलका लागि संघर्ष गरिरहेका रोनाल्डोले च्याम्पियन्स लिगमा भने राम्रो प्रदर्शन गरेका छन्।

ला लिगामा एक गोल गरेका रोनाल्डोले च्याम्पियन्स लिगको समूह चरणका पाँच खेलमा ८ गोल गरे। उनी एक वर्षभित्र च्याम्पियन्स लिगमा १८ गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन्। रोनाल्डोले यो वर्ष १८ गोल गर्दै आफ्नै कीर्तिमान भंग गरेका हुन्। गएको सिजन च्याम्पियन्स लिगमा १२ गोल गरेका रोनाल्डोले यो सिजन ८ गोल गरिसकेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *