०४ चैत २०८२ , बुधबार

नेपाल–भारत सीमा क्षेत्रमा दुवै राष्ट्रको संयुक्त सुरक्षा गस्ती

विराटनगर, मंसिर १० । मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाल र भारतका सुरक्षाकर्मीले आजदेखि मोरङको सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती थालेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा भारतीय सुरक्षा बल (एसएसबी) ले संयुक्त रुपमा दुबै देशको दशगजा क्षेत्रमा चौबीसै घण्टा गस्ती गर्न थालेका हुन् ।

सुनसरीको धरानमा केही दिनअघि दुई देशका सुरक्षा प्रमुखहरुको बैठकले गरेको निर्णयअनुसार सीमा क्षेत्रमा संयुक्त रुपमा सुरक्षा गस्ती गर्न शुरु गरिएको सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीका सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर साहले जानकारी दिए ।

सुरक्षा गस्ती शुरु भएसँगै विभिन्न नाकामा चेकजाँच थप कडा बनाउनुका साथै सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिमाथि प्रहरीले निगरानी बढाउन थालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *