काठमाडौं १, मंसिर। सिरहाको निरदनामा आइतबार दिउँसो प्रहरीमाथि गोली चलाउने ३ जनाको समूह पक्राउ परेको छ ।
पक्राउ पर्नेमा धनुषाको शहीदनगर–१, वेमर्खीका ३२ वर्षीय शिवकुमार राय, २८ वर्षीय मनोजकुमार राय र १८ वर्षीय सुरेन्द्रकुमार राय छन् ।उनीहरुले चलाएको गोली लागेर प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका थिए । उनीहरुले चेकजाँच भइरहेको वेला एक्कासि प्रहरीमाथि गोली प्रहार गरेका थिए ।
सोमबार धनुषाको शहीदनगर–२, स्थित चिरैया चोकमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । उनीहरुको साथबाट १ सय ५० ग्राम ब्राउन सुगर र १ थान चाइनिज पेस्तोल समेत बरामद भएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको छ ।








