०४ चैत २०८२ , बुधबार

जापानको कम्पनीसँग तुलसीपुरलाई स्मार्ट सिटी बनाउन सम्झौता

मंसिर १२, दाङ । तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्न जापानको एक म्पनीसँग मंगलबार सम्झौता भएको छ । तुलसीपुरमा कार्यक्रमको आयोजना गरेर जापानी कम्पनी न्यू आइटी भेन्चर लिमिटेड र तुलसीपुर उपमहानगरपालिबीचमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा कम्पनीका तर्फबाट कार्यकारी निर्देशक तादासी मोरी र उपमहानगरपालिकाका तर्फबाट नगरप्रमुख घनश्याम पाण्डेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत मोरीले तुलसीपुरलाई नमूना स्मार्ट सिटीका रुपमा विकास गर्न तत्काल काम थाल्ने बताए । उनले पहिलो चरणमा तथ्यांक संकलन गर्ने र त्यसपछि प्रोजेक्ट बनाएर काम गर्ने बताए ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले एक वर्ष भित्रै जनताले स्मार्ट सिटीको सामान्य परिवर्तन देखिने बताए । सरकारले देशभरका १० स्थानीय निकायलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने योजनामा तुलसीपुर समेत परेको भन्दै यसले थप मद्दत गर्ने समेत उनले वताए । कम्पनीले आफ्नै लगानीमा काम गर्ने बताउँदै उनले उपमहानगरपालिकाले सहकार्य गर्दै अगाडि बढ्ने समेत बताए ।

कार्यक्रममा कम्पनीका सिइओ कमल अधिकारीले स्मार्ट सिटीको अवधारणाका बारेमा जानकारी गराएका थिए । कम्पनीले पोखरामा स्मार्ट सिटीको प्रक्रिया अगाडि बढाइसकेको बताउँदै तुलसीपुरलाई पनि नमूना स्मार्ट सिटी बनाउने बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *