०४ चैत २०८२ , बुधबार

प्रदशे ३ को राजधानी भक्तपुरलाई बनाउन बस्नेतकोे प्रस्ताव

भक्तपुर १४, मंसिर । पूर्वउद्योगमन्त्री महेश बस्नेतले ३ नं प्रदेशको राजधानी भक्तपुरमा बनाइने बताउनुभएको छ ।

स्थानीय गठ्ठाघरमा बुद्धिजीवीको भेलालाई आज सम्बोधन गर्दै उहाँले भौतिक पूर्वाधार र उपयुक्त जग्गा भक्तपुरमा रहेको र १३ जिल्लाको मध्यविन्दु पनि भक्तपुर रहेकाले त्यसलाई प्रदेशको राजधानी बनाइने जिकिर गर्नुभयो ।   भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार नेकपा (एमाले) का युवा नेता बस्नेतले भन्नुभयो,“ काठमाडौं भएर पूर्वपश्चिम जाने मुख्य मार्ग एवं आर्थिक विकासको केन्द्र पनि भक्तपुर हो, यहाँ प्रदेश राजधानी बनाउनका लागि आवश्यक जग्गा र पूर्वाधार पनि तयार छन्, त्यसैले भक्तपुरलाई प्रदेश राजधानी बनाउन म महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु ।”

 

स्थानीय जगातीमा रहेको २५० रोपनी जग्गा र सल्लाघारीमा रहेको ९९ रोपनी जग्गामा आवश्यक संसद् भवन, कार्यालय एवं आवास बनाउन जग्गा पुग्ने बताउँदै उहाँले भन्नुभयो, “यी दुई ठाउँका जग्गाबाहेक तत्कालका लागि खरीपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्र, बोडेमा रहेको कृषि विकास बैंकको भवन र सानोठिमीमा रहेको शिक्षा मन्त्रालयअन्तर्गतका कार्यालयलाई प्रयोगमा ल्याउन सकिन्छ ।”

 

नेता बस्नेतले भक्तपुर २ नं क्षेत्रमा यसअघि नेमकिपा र नेपाली काँग्रेसले आलोपालो गरेर २०४८ सालदेखि जिते पनि विकास गर्न नसकेको आरोप लगाउँदै जनताले यसपल्ट आफूलाई रोज्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा क्षेत्र नं २ ९क० का प्रदेशसभा उम्मेदवार शशीजंग थापा र प्रदेश ९ख० का उम्मेदवार राजेन्द्रमान श्रेष्ठले जनताले परिवर्तन चाहेकाले विकासको लहर ल्याउँदै जनताले अनुभूति गर्ने गरी परिवर्तन ल्याउनका लागि वाम गठबन्धनलाई रोज्ने जिकिर गर्नुभयो । एमाले केन्द्रीय सदस्य एवं पूर्वसांसद केदार सञ्जेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलालगायत वुद्धिजीवीले मत बदर हुन नदिनका लागि लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *