०४ चैत २०८२ , बुधबार

३२ जिल्लामा सम्पन्न भएको निर्वाचनमा वामगठबन्धनले ९५ प्रतिशत जित्ने दावी : जर्नादन शर्मा (प्रभाकार)

भीम लामा
मंसिर १६, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता तथा पूर्व ऊर्जामन्त्री जर्नादन शर्मा प्रभाकारले पहिलो चरणमो ३२ जिल्लामा सम्पन्न भएको निर्वाचनमा वामगठबन्धनले ९५ प्रतिशत जित्ने दावी गरेका छन् ।  काठमाडौं क्षेत्र नं. ३ को वाम चुनावी सभामा बोल्दै उक्त कुरा बताए । उनले आफू मन्त्रीको पदमाभन्दा राष्ट्रियता र समृद्धिको पक्षमा प्यारो भएको बताए ।

वामशक्तिलाई जिताउन र समृद्धि राष्ट्र निर्माणमा आफ्नो अभियान भएकाले पदभन्दा राष्ट्रियता र समृद्धिको लागि प्यारो रहेको बताए । दैनिकजसो आपराधिक गतिविधि बढ्नु, बम विस्फोटका घटनाहरु हुनु सरकारको कमजोरी भएको उल्लेख गर । आफू गृहमन्त्री हुदाँ स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गरेको भन्दै अहिले प्रधानमन्त्री देउवाको सुरक्षा रणनीतिमा चुनौती आएको औल्याए ।
कार्यक्रममा बोल्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कार्यान्वयन गर्ने नयाँ चरणमा रहेको उल्लेख गर्दै यो निर्वाचन संविधान कार्यन्वयनको एउटा महान अभियानको रुपमा भएको उल्लेख गरे । संविधानमा लेखिएका अधिकारहरुलाई जनताकहाँ पु¥याउन नयाँ अभियान थालेको र त्यो अभियान राष्ट्रिय समृद्धि अभियान भएकोले बाम गठबन्धनको संयुक्त घोषणापत्रमार्फत त्यसलाई कार्यान्वयन गराउन बाम शक्तिलाई नै जिताउनु पर्ने बताए ।

उनले नेपालमै रोजगारको वातावरण सिर्जना गरी आर्थिक समृद्धिको लागि पहल गर्ने बताउँदै खेर गइरहेका पानीको सदुपयोग गरेर नेपालको पानी जनताको लगानीमा रुपान्तरण गर्ने, पर्यटन प्रर्वद्धन र व्यावसायीलाई प्राथमिकता दिने, आधुनिक कृषि पेसा अपनाएर राज्यको तर्फबाट विशेष अनुगमन सहित अनुदान तथा लगानी वृद्धि गराउन वाम एकताको सरकारले पुरा गर्ने बताए । अर्को प्रसंगमा नेपाली काँग्रेस परिवर्तन नचाहने र अरुलाई पनि परिवर्तन गर्न नदिने पार्टीको रुपमा अगाडी बढेको बताए । चुनौतीको सामना गर्न नसक्नेहरुले समाज पविरवर्तन गर्न सक्दैनन् । नेपाली काँग्रेसले यो देशमा दुई–दुई पटक बहुमतको सरकार चलायौ आफूले प्राप्त गरेको बहुमतको सदुपयोग गर्न सकिएन । जसले गर्दा जनताका आकांक्ष विकास निर्माण आर्थिक समृद्धिका कुरा पुरा गर्न सकिएन उल्टो जनताले दिएको बहुमत जनअधिकारको परिणामलाई अपमान गरेको आरोप लगाए ।

बामपन्थीहरुले बहुमत निर्माण गर्ने प्रयात्न नगरेको कारण काँग्रेसले त्यो बहुमत प्राप्त गरे त्यसको सदुपायोग गरेन, अब जनता अजित भएका छन् त्यसैले कम्युनिष्टहरुको एकताको प्रक्रिया नै गठबन्धन भएको स्पाष्ट पारे । नेता शर्माले भने, ‘हिजो विभाजित भएका दुई तिहाई बहुमत अवको गठबन्धनले एक ठाउँमा ल्याएको छ,’ परिवर्तनकारीहरुको जित हुने निश्चित भइसेको दाबी गर्दै जनता र कार्यकर्ताको एकतालाई अव कसैले रोकेर रोक्न सक्ने अवस्था नभएको जिकिर गरे । पहिलाको कमजोरीहरुलाई सच्याउँदै कम्युनिष्टहरु एक ठाउँमा आएको छ । अन्र्तराष्ट्रिय जगतमा एकता भएकोमा काँग्रेस अतालिएको भन्दै ‘एकताको गठबन्धन जनताका हित र राष्ट्रको सुदृढीकरणका लागि गरेको हो ।’

 

काठमाडौं क्षेत्र नंं ३ का प्रतिनिधिसभा सदस्य वाम गठबन्धनका साझा उम्मेद्वार कृष्ण राईले कार्यक्रममा बोल्दै जनताको विश्वास आईसकेको र भारी मतान्तरले आफु निर्वाचित हुने दावी गरे । राईले आफूसँग प्रतिस्पर्धामा कोही नरहेको उल्लेख गर्दै अव जनताले परिवर्तन र विकास चाहने भएकोले वाम शक्ति बाहेक अरु कुनै शक्तिलाई नरोज्ने बताए । ‘नेपाली काँग्रेसले ४० पटक सरकार भैसक्दा ११ पटक बहुमत सहित सरकारमा रहे तर काम भने सिंगो बाँच्न नसकेको आरोप लगाउँदै जनताको अभिमतलाई दुरुपयोग गर्ने पार्टीलाई अव जनताले हेर्नेछैनन् ।’ उनले भने ।
आफु सामाजिक, साँस्कृतिक र विकास निर्माण कार्यमा भिजेको अनुभावको आधारमा निर्वाचन क्षेत्रको विकास गर्न सक्ने योग्य उम्मेद्वार भएको जिकिर गर्दै अव हामी क्षेत्रको आर्थिक समृद्धि र सुदृढीकरणका लागि कटिबद्ध भएर लाग्नेछौं आर्थिक क्रान्तिको विकासबाट युवा रोजगारको वातावारण तयार गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विकास निर्माण संगै संघीय गणतन्त्र नेपालको संविधानको प्रस्तावलाई समाजवादमा रुपान्तरण गर्न महत्पूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । राई नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष समेत हुन् ।

त्यस्तै काठमाडौं क्षेत्र नं। ३ अन्र्तगत प्रदेश १ का साझा उम्मेद्वार रुद्र बराइलले कम्युनिष्टहरुको गठबन्धनलाई हात्तिको संज्ञ दिदैँ यो एकताको शक्तिलाई कसैले छेक्न र रोक्न नसकिने बताए । उनले आफ्नो पक्षमा जनताको माया र सदभाव बढ्दै गएको र आफ्नो जितमा कुनै शंक नरहेको बताए । बराईली नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत हुन् । प्रदेश २ मा पनि एमाले पूर्व सांसद समेत रहेको रामेश्वर फुयालको उम्मेद्वार रहेको छ । सो कार्यक्रममा फुयाँलले आफुले यस क्षेत्रको जनताको प्रतिनिधि भएर थुप्रै विकास निर्माणका काम सम्पन्न गरिसकेको बताउँदै पुन यस पटक जनताकै आग्रहमा निर्वाचनमा होमिएको बताए । नेपाली काँग्रेसले गरिवी निवारण मन्त्रालयबाट २ लाख पैसा ल्याएर जोरपाटी पिपलबस्तीका जनतालाई बढ्न लागेको खबर बाहिर आएको उल्लेख गर्दै खबरदारी समेत गरेका छन् । जनताको पैसा मनोमानी ढंगाले वितरण गर्ने, जनताको मतलाई पैसामा मोलमोलाई प्रवित्तिलाई नियान्त्रण गर्न वाम गठबन्धन सधै निगरानीमा रहने बताए । उनले आफ्नो कामको मूल्यांकन गरेर जनताले विश्वास गर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *