कविता : रून छाेडिदेउ बरू !
~डा. विदुर चालिसे

महाभारत कालका
विदुरजस्ता देखिने
यी महान दर्दन पथिक
विवश युध्दरतिका बेला
अनि अर्तिहरू र अवसर,
ज्ञान एवं विवेक पतनका पलसँग
सन्त्रास यात्रामा थिए सिर्सिरे बताससँग
सिरियाकाे कत्लेअाम नरसंहारका बेला !
अघिअघि बालककाे कुम्लाे
पछिपछि बारूदकाे धूँवाका
लप्काहरूमा फटाफट काेलाहल
चलिरहेथ्याे तिनकाे बगेकाे अाँशु
पिपासुहरूकाे धितहरूतिर साँझमा
साँझमा न अावाद थ्याे न निर्वाद
निहत्था मजवुरीमा लम्किरहेथ्याे
विभत्स दृश्यका सामुन्ने मृतात्मा !
प्रश्वासका अनेक धडकनहरू छेउ
विवश युध्दकाे व्याख्या गरिरहेथे
प्रत्येक पलका थकित पाइलाहरू !
ईसाइका रथहरू उफ्रिरहेथे
मुस्लिमका तीर्थहरू जलिरहेथे
यतिबेला बुध्द पनि थकित थे
शान्ति छर्न सिरियाका भूमिमा !
हिन्दूका शान्ति मन्त्रहरू पनि
निष्प्रभावि बनिदिन्थे मानव धर्मका
पादरीहरू चिच्याइरहेथे चर्चहरूमा
मुस्लिमका रजस्वला धर्म र बुर्कासँग
चिमाेटि हेर तिम्राे मुटुहरूलाई
विभत्स नाबालकका मृतमुद्रालाई
अनि फर्केर हेर मानवतावादका
हृदयमा प्वाल परेका ढाेंगहरूलाई
पल्टाएर राख बालकका छालाहरू
तिम्राे दराजमा अटुन्जेल पत्रैपत्रमा,
तिमी पनि त एकदिन बालक थियाै !
हारेका मष्तिस्क अनि जितेका मन
इगाेमा नाचिरहेथे स्वार्थमा
बालकहरू हारिरहेथे
अबाेध जीवन !
निहत्थाहरू प्रताडित थे
मरेकाहरू जलिरहेथे बारूदमा
महाभारतकाे विदुरझैं असल पात्र
दुर्याेधनकाे लास बाेकेर हिंडिरहेथे
सिरिया र वरपरकाे देशावर तिर !
प्रत्येक पाइलामा दन्किरहेथ्याे
“जननी जन्मभूमिश्च ……. ! ” काे
अदम्य शाहसकाे मलिन राग !







