प्रतिनिधिसभाका सम्मानीय सभामुख महोदय,
राष्ट्रिय सभाका सम्मानीय अध्यक्ष महोदय,
१. नेपाल सरकारका अर्थमन्त्रीको हैसियतले यस सम्मानित सदनसमक्ष आगामी आर्थिक वर्ष २०७५÷२०७६ को बजेट प्रस्तुत गर्न पाउँदा अत्यन्त गौरवान्वित भएको छु । यस अवसरमा राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । त्यसैगरी राष्ट्रियता, स्वाधीनता, लोकतन्त्र, सामाजिक न्याय, समानता र समृद्धिका लागि संघर्ष गर्नुहुने महान नेपाली नागरिक र त्यसको सबल एवं सक्षम नेतृत्व गर्नुहुने नेपाली राजनीतिका शिखर व्यक्तित्वप्रति हार्दिक सम्मान प्रकट गर्न चाहन्छु ।
२. लामो संघर्षपछि नेपाली जनताको चाहनाअनुरूप संघीय स्वरूपको समावेशी जनप्रतिनिधिमूलक राज्य प्रणाली स्थापना भएको छ । तीनै तहको निर्वाचनबाट लोकतान्त्रिक शासन प्रणाली संस्थागत भएको छ । यो मौलिक स्वरूपको राजनीतिक उपलब्धिसँगै जनताको भरपर्दो साथ र विश्वास पाएको वर्तमान सरकारलाई राज्यका सम्पूर्ण स्रोत र सामथ्र्यको सदुपयोग गरी विकास समृद्धिको यात्रामा अविचलित रूपमा अघि बढ्न ठूलो प्रेरणा मिलेको छ ।
३. वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने दीर्घकालीन उद्देश्यअनुरूप आर्थिक सामाजिक विकासको मौलिक ढाँचामा अघि बढिरहेको छ । प्रतिव्यक्ति आयको वृद्धिले मात्र न्यायोचित विकास सम्भव हुँदैन, न त सीमित आयको वितरणबाट नै समृद्धिमा पुग्न सकिन्छ । त्यसैले उच्च आर्थिक वृद्धिसँगै त्यसको न्यायपूर्ण वितरणबाट मात्र सर्वांगीण विकास हासिल गर्न सकिने यस सरकारको मान्यता रहेको छ । सबै नागरिकका लागि मर्या्दित काम, न्यूनतम खाद्य सुरक्षा, आधारभूत स्वास्थ्य र शिक्षाको सुविधा, स्वच्छ, खानेपानी र सुरक्षित आवासजस्ता अत्यावश्यक आवश्यकताहरूको परिपूर्ति नै हाम्रो समाजवादतर्फको यात्राको प्रस्थान बिन्दु हुनेछ ।
४. आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मैले नेपालको संविधान, विनियोजन विधेयक, २०७५ को सिद्धान्त र प्राथमिकता, नेपाल सरकारको नीति तथा कार्यक्रम, चालू आवधिक योजना, दिगो विकास लक्ष्य र संघीय संसद्का माननीय सदस्यहरूले दिनुभएको सुझावलाई मार्गदर्शनको रूपमा लिएको छु । विभिन्न राजनीतिक दल, संघसंस्था, विद्वतवर्ग र स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी, दाजुभाइहरूबाट प्राप्त रचनात्मक सुझावहरूलाई समेत ध्यान दिएको छु ।
सम्मानीय सभामुख महोदय,
सम्मानीय अध्यक्ष महोदय,
५. अब म मुलुकको आर्थिक स्थितिको बारेमा संक्षिप्त जानकारी गराउन अनुमति चाहन्छु ।
६. यो सरकार गठन हुँदाका बखत मुलुकको समग्र आर्थिक स्थितिबारे श्वेतपत्रमार्फत मैले यस सम्मानित सदनलाई जानकारी गराइसकेको छु । वर्तमान सरकार गठनसँगै सुरु गरिएका सुशासन र विकासका कार्यहरूबाट आर्थिक क्रियाकलापमा सकारात्मक प्रभाव देखिन थालेको छ ।
७. चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.९ प्रतिशत पुग्ने अनुमान रहेको छ । चालू आर्थिक वर्षको पहिलो नौ महिनासम्म मूल्यवृद्धि औसन ४.१ प्रतिशत कायम भएको छ ।
८. वस्तु आयातको तुलनामा निर्यातको आधार साँघुरो र वृद्धिदर पनि न्यून रहेकाले व्यापारघाटा फराकिलो हुँदै गएको छ । लामो समय बचतमा रहेको भुक्तानी सन्तुलन घाटामा गएको छ ।
९. संवैधानिक व्यवस्थाअनुरूप अघिल्लो आर्थिक वर्षको जेठ १५ गतेको बजेट आए तापनि कार्यान्वयनमा भने अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन् । आर्थिक वर्ष २०७४÷०७५ मा कुल सरकारी खर्च विनियोजनको तुलनामा ८१.८ प्रतिशत अर्थात् रु. १० खर्ब ४६ अर्ब ५१ करोड हुने संशोधित अनुमान छ । कुल सरकारी खर्चमध्ये चालूतर्फ विनियोजनको ८७.१ प्रतिशत, पुँजीगततर्फ विनियोजनको ७१.२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ विनियोजनको ७७.२ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।
१०. राजस्व परिचालन लक्ष्यको हाराहारीमा रही रु. ७ खर्ब २८ अर्ब ३५ करोड हुने अनुमान छ । वैदेशिक सहायतामा अनुदानतर्फ रु. ३६ अर्ब १६ करोड र ऋणतर्फ रु. ७४ अर्ब ९२ करोड परिचालन हुने संशोधित अनुमान छ ।
११. अर्थतन्त्रका महत्त्वपूर्ण परिसूचक, विवरण र तथ्यांकहरू समावेश गरिएको आर्थिक सर्वेक्षण, २०७४÷२०७५ र गत आर्थिक वर्षको सार्वजनिक संस्थानहरूको प्रगति समीक्षा मैले यस सम्मानित सदन समक्ष पेस गरिसकेको छु ।
सम्मानीय सभामुख महोदय,
सम्मानीय अध्यक्ष महोदय,
१२. अब म आगामी आर्थिक वर्ष ०७५÷७६ को बजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु । बजेटका उद्देश्यहरू निम्नअनुसार प्रस्तुत गरेको छु ।
(क) नागरिकका मौलिक हकको रूपमा रहेका जीवन यापनका न्यूनतम आधारभूत आवश्यकताहरू शीघ्र परिपूर्ति गर्दै चरम गरिबी, विपन्नता र पछौटेपनको अन्त्य गर्ने,
(ख) साधनस्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी द्रुत आर्थिक तथा मानवीय विकास गर्ने, र
(ग) आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकास गरी समुन्नत, सुदृढ, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने ।
१३. आर्थिक वर्ष ०७५÷७६ को बजेटका प्राथमिकताहरू निम्नानुसार प्रस्तुत गरेको छु ।
(क) सबै नागरिकलाई काम र रोजगारीको अवसर सिर्जना गर्ने क्षेत्रहरूको प्रवद्र्धन,
(ख) स्वास्थ्य तथा शिक्षालगायतका सामाजिक क्षेत्रको विकासमार्फत दु्रत मानव विकास,
(ग) दीगो, फराकिलो, समन्यायिक र उच्च आर्थिक वृद्धिदर हासिल गर्न कृषि, जलस्रोत, पर्यटन लगायतका क्षेत्रमा पुँजी, प्रविधि र अन्वेषणको विकास,
(घ) आधारभूत र आधुनिक भौतिक संरचनाहरूको विकास गरी आधुनिक नेपाल निर्माणलाई गति दिन सडक, रेलमार्ग, सिँचाइ, विद्युत्, सहरी पूर्वाधारलगायतको निर्माण,
(ङ) भूकम्प र बाढीबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण, र
(च) सार्वजनिक सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा नागरिकलाई अनुभूति हुने प्रकारको सुशासन,
१४. संघीय सरकारले बजेटका उद्देश्यहरू हासिल गर्न र प्राथमिकता कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहसँग एकता, समन्वय र साझेदारी गर्नेछ । उपलब्ध पुँजी, सीप र क्षमताको प्रभावकारी उपयोग गर्न सहकारी र निजी क्षेत्रसँग सहकार्य गरिनेछ ।
१५. अब म संघीय वित्त व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहमा भएका विनियोजनसम्बन्धी विवरण प्रस्तुत गर्न अनुमति चाहन्छु ।
१६. बजेट विनियोजन गर्दा संवैधानिक व्यवस्थाअनुरूप संघबाट कार्यान्वयन हुने कार्यक्रमहरूका लागि मात्र शीर्षकगत बजेट विनियोजन गर्ने र प्रदेश तथा स्थानीय तहको अधिकार क्षेत्रमा रहेका निर्माणाधीन र सम्पन्न हुने चरणमा रहेका उच्च प्रविधियुक्त आयोजनाहरू संघले नै सम्पन्न गरी हस्तान्तरण गर्ने व्यवस्था गरेको छु । त्यस्तै, प्रदेश र स्थानीय तहले समानीकरण, अनुदान, राजस्व बाँडफाँट र आफ्नै स्रोतबाट सञ्चालन गर्ने नयाँ आयोजनामा संघले बजेट विनियोजन नगर्ने, हाल संघबाट सञ्चालित तर प्रदेश र स्थानीय तहले प्राविधिक र वित्तीय रूपमा सञ्चालन गर्न सक्ने आयोजनाहरू आगामी वर्षहरूमा क्रमशः हस्तान्तरण गर्दै जाने व्यवस्था गरेको छु ।
१७. प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता मानव विकास सूचकांक, पूर्वाधार, खर्चको आवश्यकता, राजस्व क्षमता तथा ती तहरूमा रहेका आर्थिक, सामाजिक तथा अन्य विभेद समेतका आधारमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान उपलब्ध गराएको छु । यस्तो अनुदानबापत रु. १ खर्ब ३५ अर्ब ५० करोड ७३ लाख विनियोजन गरेको छु ।
१८. प्रदेश र स्थानीय तहको जनसंख्या, क्षेत्रफल, मानव विकास, सूचकांक, पूर्वाधार एवं खर्चको आवश्यकतालाई आधार लिई मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट संकलन हुने अन्तःशुल्कको रकममध्ये प्रदेश र स्थानीय तहमा रु. १ खर्ब १४ अर्ब २४ करोड बाँडफाँट हुने प्रक्षेपण गरेको छु ।
१९. ससर्त अनुदानतर्फ प्रदेशलाई रु. ६३ अर्ब १३ करोड ५५ लाख र स्थानीय तहलाई रु. १ खर्ब ९ अर्ब ८४ करोड ५६ लाख विनियोजन गरेको छु ।
२०. प्रदेश र स्थानीय तहले आफूले पहिचान गरी आफ्नो क्षेत्रमा सञ्चालन गर्ने आयोजनाहरूका लागि समपूरक अनुदान उपलब्ध गराउन र प्रदेश वा स्थानीय तहलाई विशिष्ट प्रकृतिको कार्य गर्नका लागि विशेष अनुदान उपलब्ध गराउन रु. १० अर्ब विनियोजन गरेको छु ।
२१. अब म क्षेत्रगत कार्यक्रम तथा विनियोजना प्रस्तुत गर्न चाहन्छु ।
काम र रोजगारी
२२. मुलुकभित्र थप रोजगारी सिर्जना गरी क्रमशः नेपालीलाई वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था बनाउन प्रधानमन्त्री रोजगारी कार्यक्रम सुरु गरिनेछ । व्यावसायिक कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधार र तीनै तहको सरकारहरूका सार्वजनिक निर्माणका अन्य क्षेत्रलाई यस कार्यक्रममा आबद्ध गरिनेछ । यस कार्यक्रमका लागि रु. ३ अर्ब १० करोड विनियोजन गरेको छु । सार्वजनिक विकास निर्माण कार्यमा सिर्जना हुने श्रमको क्षेत्रमा न्यूनतम रोजगारी प्रत्याभूति गर्न संसद्को यसै अधिवेशनमा रोजगारी प्रत्याभूति विधेयक पेस गरिनेछ ।
२३. बेरोजगार जनशक्ति दर्ता र रोजगारीका अवसरको सूचना आदानप्रदान गर्न प्रदेशको सहकार्यमा रोजगार सूचना केन्द्र स्थापना गरिनेछ । वैदेशिक रोजगार सेवा प्रदायक कम्पनीहरूलाई आन्तरिक रोजगारी व्यवस्थापनमा समेत परिचालित गरिनेछ । श्रम बजारमा मागअनुरूपको सीपयुक्त जनशक्ति आपूर्ति गर्न छोटो अवधिका निःशुल्क तालिम सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।
२४. समान कामका लागि समान ज्यालाको नीति लागू गरिनेछ । न्यूनतम ज्यालमा पुनरावलोकन गरिनेछ । व्यवसायजन्य स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न श्रम निरीक्षणलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ । श्रम क्षेत्रमा आउने विवादलाई तत्काल समाधान गर्न एक अर्धन्यायिक निकाय गठन गरिनेछ । बालश्रमलाई पूर्ण निषेध गर्न अनुमगन प्रणालीलाई प्रभावकारी बनाइनेछ ।
२५. उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा रु. ७ लाखसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । त्यस्तो कर्जाको अनिवार्य सुरक्षण हुने र व्यवसायको बिमा गर्ने व्यवस्था मिलाइनेछ । नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यमीलाई व्यवसाय सञ्चालन गर्न सुरुवाती पुँजी उपलब्ध गराउन च्यालेन्ज फन्डको व्यवस्था गरिनेछ ।
२६. रोजगारी प्रवद्र्धन र उद्यमशीलता विकासका निमित्त क्रियाशील रहेका सबै कोषहरूलाई एकीकृत गर्न आवश्यक प्रबन्ध मिलाइनेछ । महिलाहरूबाट प्रवद्र्धन हुने साना व्यवसाय र स्वरोजगार कार्यका लागि पुँजी, सीप र उद्यमशीलता तालिम सुनिश्चित गरिनेछ ।
२७. स्वदेशमा रोजगारीका पर्याप्त अवसर तथा छनोट उपलब्ध नभएसम्म अल्पकालीन रणनीतिको रूपमा वैदेशिक रोजगारीको अवसरको उपयोग गरिनेछ । अन्तर सरकारी श्रमसम्झौता गरी न्यूनतम सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जान पाउने व्यवस्था गरिनेछ । प्रत्येक प्रदेशमा वैदेशिक रोजगार सेवा कार्यालय स्थापना गरी श्रम स्वीकृति सेवालाई सहज तुल्याइनेछ ।
२८. विदेशबाट फर्केका युवाहरूको सीप प्रमाणीकरण गरी त्यस्ता युवाहरूलाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित रु. १० लाखसम्मको ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको छु । यस्तो कर्जाको अनिवार्य सुरक्षण गराई व्यवसायको बिमा गराउने व्यवस्था मिलाइनेछ ।
२९. विप्रेषण आय बैंकिङ प्रणालीबाट भिœयाइ त्यो रकम उत्पादनमूलक लघु तथा साना उद्योग, पर्यटन, कृषि व्यवसाय र रोजगारीमूलक सेवा क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ ।
स्वास्थ्य
३०. स्वास्थ्य सेवालाई, भरपर्दो र गुणस्तरीय तुल्याइने छ । आधारभूत स्वास्थ्यमा सबै नागरिकको पहुँच सनिश्चित गर्न स्वास्थ्य बिमाको कार्यक्रम मुलुकभर विस्तार गरिनेछ । आमा र बच्चाको पोषण सुनिश्चत गर्न गर्भावस्थादेखि नै प्रसूति सेवा पु¥याइनेछ । यसअन्तर्गत गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेको लागि प्रदान गरिने यातायात खर्च रकम दोब्बर गरेको छु । स्थानीय तहबाट सञ्चालन हुने बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
३१. स्थानीय तहसँगको लागत सहभागितामा आगामी दुई वर्ष्भित्र सबै वडाहरूमा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गरिनेछ । पहिलो चरणमा मुलुकभरिका १२०० वडाहरूमा यस्ता संस्था निर्माण गर्न स्थानीय तहलाई रु. ४ अर्ब अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छु । सरकारले निःशुल्क उपलब्ध गराउने औषधि सबै स्वास्थ्य निरन्तर उपलब्ध हुने व्यवस्था गरिनेछ ।
३२. वीर अस्पतालको गुरु योजनाअनुसारको निर्माण कार्य प्रारम्भ गरिनेछ । उच्च प्रविधियुक्त रोग निदान केन्द्रको रूपमा आधुनिक स्वास्थ्य प्रयोगशाला र मिर्गौला उपचार केन्द्र काठमाडौंमा स्थापना गरिनेछ । तराई मधेस क्षेत्रमा विशेष गरी थारू समुदायमा देखिएको सिकलसेल एनिमियाको अनुसन्धान र पहिचान गरी उपचारका लागि सेवा विस्तार गरिनेछ ।
३३. सबै स्थानीय तहमा कम्तीमा एक चिकित्सकको सेवा सुनिश्चित गरिनेछ । आधारभूत औषधिहरूमा आत्मनिर्भर हुन औषधि उत्पादनको क्षमता विस्तार गर्न प्रोत्साहित गरिनेछ ।
३४. सय शøयाभन्दा बढी क्षमताका अस्पतालहरूमा विस्तारित स्वास्थ्य सेवा सञ्चालन अनिवार्य गरिनेछ । यस्ता अस्पतालहरूमा जेष्ठ नागरिक वार्ड स्थापना गरिनेछ । निजी क्षेत्रका मेडिकल कलेजहरूको सहकार्यमा दुर्गम क्षेत्रमा विशेषज्ञसहितको घुम्ती अस्पताल सेवा सञ्चालन गरिनेछ ।
३५. सातवटै प्रदेशमा सरकारीस्तरमा एक÷एकवटा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान रहनेगरी थप संस्था खोल्ने प्रक्रिया अघि बढाइनेछ । स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी एकीकृत ऐन ल्याइनेछ ।
३६. ध्यान र योगको माध्यमबाट स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्व विकास गर्न नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिनेछ । आयुर्वे्दिक औषधिको अनुसन्धान तथा विकास गर्न र आयुर्वेद शिक्षा प्रदान गर्न विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्न रु. १० करोड विनियोजन गरेको छु ।
३७. आयुर्वे्दिक, होमियोप्याथिक, युनानी, अक्कुपन्चर, आम्ची र प्राकृतिक चिकित्साजस्ता वैकल्पिक उपचार पद्धतिलाई एलोपेथिक उपचारसँग एकीकृत गरी स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ ।
३८. सबै सार्वजनिक स्थल र सवारीसाधनमा धुम्रपान र मदिरा सेवन निषेध गरिनेछ । मदिरा र सूर्तिजन्य पदार्थको उत्पादन, आयात तथा बिक्रीवितरणलाई कार्य्विधि बनाई व्यवस्थित गरिनेछ ।
३९. महामारी रोग नियन्त्रण र निवारण कार्यलाई प्रभावकारी बनाउन विशेषज्ञसहितको द्रुत टोली परिचालन गर्ने व्यवस्था मिलाएको छु ।
४०. स्वास्थ्य क्षेत्रमा रु. ५६ अर्ब ४१ करोड ९७ लाख विनियोजन गरेको छु ।
शिक्षा
४१. सबै बालबालिकालाई शिक्षा पहुँच सुनिश्चित गर्न विद्यालय भर्ना अभियानलाई अघि बढाई आगामी वर्ष नै विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गराइनेछ । माध्यमिक तहसम्मको शिक्षालाई क्रमशः निःशुल्क र अनिवार्य गरिनेछ । प्रदेश र स्थानीय तहको सहकार्यमा आगामी दुई वर्षभित्रमा ‘साक्षर नेपाल’ घोणणा गरिनेछ ।
४२. सम्पूर्ण बालबालिकालाई विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔं अभियान सञ्चालन गरिनेछ । मानव विकास सूचकांकमा पछि परेका स्थानीय तहमा रहेका सामुदायिक विद्यालयका कक्षा ५ सम्म अध्ययनरत सबै विद्यार्थीहरूलाई स्थानीय विद्यालयमा आधारित पौष्टिक दिवा खाजा उपलब्ध गराइनेछ ।
४३. विद्यालयलाई अपांगता तथा बालमैत्री बनाइनेछ । भौगोलिक रूपमा विद्यालयबाट टाढा रहेका प्राविधिक तथा व्यावसायिक विषयका विद्यार्थीहरूका लागि आवासीय शिक्षाको व्यवस्था गरिनेछ । नेपाली सांकेतिक भाषाको विकास तथा अनुसन्धान, दोभाषे तालिम र यसको व्यवसायिकता विकासलाई प्रोत्साहित गरिनेछ । अपांगता भएका बालबालिकाका लागि शिक्षामा पहुँच अभिवृद्धि गर्न प्रत्येक प्रदेशमा पूर्वाधारयुक्त विशेष शिक्षा प्रदायक आवासीय विद्यालय सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
४४. मदरसा, गुरुकुल र गुम्बा शिक्षालाई आधुनिक शिक्षाको मूलधारमा आबद्ध गरिनेछ । दलित तथा लोपोन्मुख समुदायका बालबालिकालाई सबै विषयमा उच्च शिक्षा निःशुल्क हुने व्यवस्था मिलाइनेछ ।
४५. प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गर्न सबै स्थानीय तहमा क्रमशः प्राविधिक शिक्षालय तथा विद्यालय पु¥याइनेछ । सामुदायिक विद्यालयमा प्राविधिक कक्षा सञ्चालन गर्न थप रु. ८४ करोड ३ लाख छुट्याएको छु ।
४६. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पुनर्संरचना, प्राविधिक शिक्षकको तालिम कार्यक्रमको विस्तार तथा प्राविधिक क्याम्पसमा स्नातक तह अध्ययन गरिरहेका विद्यार्थीहरूलाई इन्टर्नको रूपमा परिचालन गर्न रकम छुटयाएको छु । शिक्षा संकायमा स्नातकोत्तर तहमा अध्ययरत विद्यार्थीहरूका लागि सामुदायिक विद्यालयमा अनिवार्य रूपमा इन्टर्न्सिप गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।
४७. विद्यार्थी संख्या, विषयगत आवश्यकता र भौगोलिक अवस्था समेतका आधारमा विद्यमान शिक्षक दरबन्दीको न्यायोचित पुनर्वितरण गरिनेछ । माध्यमिक तहका विज्ञान, गणित, अंग्रेजी र प्राविधिक विषयका लागि थप शिक्षक व्यवस्था गर्न विद्यालयहरूलाई थप अनुदान प्रदान गरिनेछ ।
४८. सूचना प्रविधिमैत्री शिक्षामार्फत सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न ग्रामीण दूरसञ्चार कोषको रकम समेत उपयोग गरी सै सामुदायिक विद्यालयमा उच्च गतिको निःशुल्क इन्टरनेट सेवा पु¥याइनेछ ।
४९. आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरूलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि पाँच प्रतिशत व्याज अनुदानमा शैक्षिक ऋण उपलब्ध हुने व्यवस्था मिलाइनेछ ।
५०. उच्च शिक्षालाई अन्तर्रा्ष्ट्रिय रूपमा प्रतिस्पर्धी, विशिष्टीकृत र अन्वेषणमुखी बनाउन विश्वविद्यालयहरूलाई क्रमशः उत्कृष्ट शैक्षिक केन्द्रको रूपमा विकास गरिनेछ । सामुदायिक क्षेत्रले यस्तो विश्वविद्यालय स्थापना गर्न चाहेमा नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ । खुला विश्वविद्यालय तथा वैकल्पिक शिक्षा प्रणाली विस्तार गरिनेछ ।
५१. विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लगिनेछ । प्राध्यापकहरूलाई अनुसन्धान र शैक्षिक उन्नयनमा संलग्न गराइनेछ । विश्वविद्यालयलाई प्रदान गरिने अनुदानलामई कार्यसम्पादन र नतिजामा आधारित बनाइनेछ । यसका लागि विश्वविद्यालय अनुदान आयोगमा जाने अनुदानमा उल्लेख्य बृद्धि गरी रु. १४ अर्ब ३६ करोड पु¥याएको छु ।
५२. सरकारी र निजी विद्यालयबीचको शैक्षिक विषमता हटाउन र सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सामुदायिक विद्यालयहरूमा पूर्वाधारको विकास, नवीन प्रविधिको प्रयोग र शैक्षिक मापदण्डमा सुधार गरिनेछ । विद्यार्थीहरूमा राष्ट्रियता, देशप्रेमको भावना र समाजप्रतिको दायित्वबोध गराउन विद्यालय पाठयक्रममा सुधार गरिनेछ ।
५३. विश्वविद्यालयहरूको स्थापना र सञ्चालनमा एकरूपता ल्याउन विश्वविद्यालय छाता ऐन ल्याइनेछ ।
विज्ञान तथा प्रविधि
५४. वैज्ञानिक अनुसन्धान तथा प्रविधिको विकास गरी आधुनिक नेपालको निर्माण कार्य अघि बढाइनेछ । विज्ञान तथा प्रविधि विषयमा अन्तर्रा्ष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक केन्द्रको रूपमा विकास गर्ने गरी मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गरिनेछ ।
५५. पारमाणविक प्रविधि र आयनीकृत विकिरणको सुरक्षित प्रयोग तथा त्यस्ता विकिरणबाट पर्न सक्ने प्रतिकूल प्रभावबाट सर्वसाधारणको जिउधनको सुरक्षा गर्न पारमाणविक पदार्थसम्बन्धी कानुन तर्जुमा गरिनेछ ।
५६. शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा रु. १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख रकम विनियोजन गरेको छु ।
युवा तथा खेलकुद
५७. बालबालिका तथा युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलकुदलाई जोड दिइनेछ । स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यताको आधारमा रंगशाला, खेल मैदान, युवा क्लब तथा विचरण पार्क क्रमिक रूपमा स्थापना गर्न आवश्यक बजेट व्यवस्था गरेको छु । सबै प्रदेशहरूमा न्यूनतम एक प्रदेश स्तरीय रंगशाला निर्माण गर्न बजेट व्यवस्था गरेको छ ।
५८. अन्तर्रा्ष्ट्रिय जगत्मा खेलकुदमार्पmत नेपालको पहिचान स्थापना गर्न अठारौं एसियाली खेलकुद र तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारी एवं पूर्वाधार निर्माण र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न रु. २ अर्ब ४ करोड विनियोजन गरेको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक
५९. राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई विस्तार गरी विपन्न र पिछडिएको सबै महिलालाई सिप तथा उद्यमशीलता विकासमार्पmत काम र रोजगारीका अवसरमा पहुँच पु¥याई स्वआर्जनमार्पmत आत्मनिर्भर बनाउन रु. २९ करोड ५७ लाख विनियोजन गरेको छु । बालविवाह, दाइजो प्रथा, तिलक, देउकी, बोक्सी, छाउपडीलगायत सबै प्रकारका कुरीति, अन्धविश्वास र महिला हिंसाको विरुद्धमा सचेतना अभिवृद्धि गरिनेछ । ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको आपतकालीन उद्धार गर्न एयर एम्बुलेन्सको प्रवन्ध मिलाइनेछ ।
६०. अपांगता भएका व्यक्तिहरूको मनोबल, मर्यादा, सिप र क्षमता बढाउन पुनस्र्थापनाका कार्यक्रमलगायतका विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ । बेवारिसे, जोखिमपूर्ण र अव्यवस्थित रूपमा सडकमा जीवन बिताइरहेका असहाय बालबालिका एवं अन्य नागरिकहरूको समेत उद्धार, व्यवस्थापन र पुनस्र्थापना गरिनेछ ।
६१. अर्टिजम भएका, मानसिक रोगी, टुहुरा बालबालिका, असहाय, वृद्ध, अपांगता भएका व्यक्तिहरूको सुरक्षा र हेरचाह गर्ने संस्थाहरूलाई निश्चित कार्य्विधिका आधारमा अनुदान प्रदान गरिनेछ । प्रत्येक प्रदेशमा एक जेष्ठ नागरिक आरोग्य आश्रम सञ्चालन गरिनेछ ।
६२. दलित समुदायको सामाजिक एकीकरण गर्दै उनीहरूलाई सहकारी तथा सामुदायिक उत्पादन प्रणालीमार्पmत आधुनिक व्यवसाय गर्नै सामूहिक जमानीमा प्रतिसमूह रु. १० लाखसम्मको ऋण ५ प्रतिशत व्याज अनुदानमा उपलब्ध गराइनेछ । परम्परागत सीप र पेसालाई आधुनिकीकरण एवं प्रवद्र्धन गर्न बजेटको व्यवस्था गरेको छ ।
६३. महिला, बालबालिका र जेष्ठ नागरिकतर्पm रु. १ अर्ब ८८ करोड १२ लाख बजेट विनियोजन गरेको छु ।
सामाजिक सुरक्षा
६४. सबै नागरिक राज्यबाट संरक्षित भएको अनुभूति हुने गरी छरिएर रहेका विद्यमान सामाजिक सुरक्षाका कार्यक्रमहरू एकीकृत तवरले सञ्चालन गर्दै यसको दायरा फराकिलो बनाउन एकीकृत सामाजिक सुरक्षा नीति तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
६५. जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति र लोपोन्मुख आदिवासी जनजातिलगायतलाई हाल राज्यले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्दै अन्य सुविधाहरू क्रमशः वृद्धि गर्दै लगिनेछ । ७० वर्षभन्दा माथिका सबै जेष्ठ नागरिकको रु. १ लाखसम्म बिमांक रकमको स्वास्थ्य बिमा शुल्क सरकारले बेहोर्नेछ । वृद्धवृद्धालाई राज्यले दिने संरक्षणको अतिरिक्त सन्तानले अनिवार्य हेरचाह गर्नुपर्ने कानुनी व्यवस्था गरिनेछ ।
६६. दलित तथा कर्णाली क्षत्रेका बालबालिकाका लागि प्रदान गरिँदै आएको मासिक रु. ४ सयसम्मको बाल संरक्षण अनुदानको दायरालाई विस्तार गरी मानव विकास सूचकांमा पछि परेका तराई–मधेसलगायतका जिल्लाहरूमा समेत यो कार्यक्रम सञ्चालन गरिनेछ ।
६७. सम्वत् २०७५ साल साउन १ गतेदेखि नियुक्त हुने सबै राष्ट्र सेवकहरूका लागि योगदानमा आधारित निवृत्तभरण योजना अनिवार्य रूपमा लागू गरिनेछ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको नियमावली तर्जुमा गरी लागू गरिनेछ ।
६८. असंगठित क्षत्रेका किसान, श्रमिक तथा स्वरोजगारीमा रहेका व्यक्तिहरूलाई समेत क्रमशः सामाजिक सुरक्षाको दायरामा समाहित गरिनेछ । सामाजिक सुरक्षाको दायरामा रहेका कुनै पनि व्यक्तिले दोहोरो सुविधा नपाउने व्यवस्था गरिनेछ ।
कृषि
६९. कृषिलाई गरिबी निवारण, बेरोजगारीको अन्त्य र खाद्य सुरक्षाको आधारको रूपमा विकास गरिनेछ । पाँच वर्षमा कृषिको उत्पादन दोब्बर बनाउँदै कृषि सबल अर्थतन्त्र निर्माण गर्ने कृषिको व्यवसायीकरण, यान्त्रीकरण र मूल्य शृंखला विस्तारमा जोड दिएको छु ।
७०. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई विस्तार गरिनेछ । चिया, कफी, अलैंची, सुपारी, आलु, केरा तथा कागतीको उन्नत बिउ र बिरुवामा अनुदान दिइनेछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी रूपमा सञ्चालन गर्न रु. ४ अर्ब ७७ करोड रकमको व्यवस्था गरेको छु ।
७१. उच्च मूल्यका कृषि उपजहरूको निर्यात वृद्धि गर्ने नीति अवलम्बन गरिनेछ । कृषि उत्पादनको बहुउपयोग हुने गरी उत्पादन विविधीकरण र मूल्य शृंखला विस्तार गरिनेछ । कृषि उपजहरूको अर्गा्निक उत्पादन गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
७२. कृषि तथा पशुपन्छीसम्बन्धी प्राविधिक ज्ञान र सिप प्रदान गर्न सबै स्थानीय तहमा क्रमशः ‘कृषि ज्ञान केन्द्र’ स्थापना गरिनेछ । वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई अर्गा्निक खेती र कृषि व्यवसायमा आकर्षित गरिनेछ ।
७३. कृषिजन्य कच्चा पदार्थमा आधारित उद्योगहरूलाई आवश्यक कच्चा पदार्थ स्वदेशमा उत्पादन गर्न त्यस्ता उद्योगहरूले प्रवद्र्धन गरेको व्यक्तिगत करार तथा सहकारी खेतीमा उत्पादन लागतको निश्चित अनुदान उपलब्ध गराइनेछ ।
७४. चुरेभावरलगायत मुलुकका अन्नबाली कम हुने क्षेत्रमा फलपूmलको पकेट क्षेत्र निर्धारण गरी फलपूmल नर्सरीको स्थापना, विरुवा वितरण र प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरिनेछ । सातै प्रदेशमा कम्तीमा एक एकीकृत सामुदायिक वा सहकारी नमुना कृषि फार्म स्थापनाका लागि बजेट व्यवस्था गरेको छु ।
७५. कृषि उत्पादनलाई चाहिने मल, बिउ, विषादी, औषधि, उपकरण र अन्य आवश्यक सेवाहरू स्थानीय तहको कृषि सेवा केन्द्रमार्पmत उपलब्ध गराउन बजेट छुट्याएको छु । कृषि अनुसन्धान केन्द्र, कृषि सहकारी र कृषि क्याम्पसहरूलाई कृषि तथा पशु विकास केन्द्रित अध्ययन अनुसन्धानमा प्रोत्साहित गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
७६. उत्पादन जोखिम सम्बोधन गर्न कृषि बिमा विस्तार गरिनेछ । कृषि, पशुपन्छी तथा मत्स्यपालनको बीमामा लाग्ने शुल्कको ७५ प्रतिशत अनुदान दिने प्रयोजनको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
७७. व्यवसायिक कृषि तथा पशुपन्छी कर्जामा प्रदान गरिने व्याज अनुदलानसम्बन्धी कार्य्विधि परिमार्जन गरिनेछ । सबै किमिसका कर्जामा दिने व्याज अनुदानसमतका लागि रु. ५ अर्ब विनियोजन गरेको छु ।
७८. साना किसानहरूले तत्कालीन साझा सहकारी संस्थाहरूबाट लिएको सम्पूर्ण ऋण मिनाहा गरेको छु । साना किसान विकास बैंकको कृषि कर्जा कार्यक्रम प्रभावकारी बनाउन संस्थागत सुधार गरिनेछ ।
७९. सहकारी संस्थामार्पmत सञ्चालन हुने दूध, मासु, फलपूmल तथा तरकारीजन्य प्रशोधन उद्योगको लागि आवश्यक उपकरण खरिदमा २५ प्रतिशत अनुदान दिन बजेट छुट्याएको छु । यो व्यवस्था स्थानीय गैरखाद्यान्नमा आधारित पशुपन्छी दाना र माछा आहार उद्योग स्थापनामा समेत लागु हुनेछ ।
८०. उखु उत्पादक किसानहरूलाई उत्पादनको आधारमा अनुदान दिने व्यवस्था मिलाएको छु । सहकारीमार्पmत रेशम, कपास र ऊन खेतीका लागि उत्पादन अनुदान र प्रशोधन कारखानाको स्थापनाको लागि २५ पतिशत पुँजीगत अनुदानको व्यवस्था गरेको छु ।
८१. स्थानीय तहमा घुम्ती प्रयोगशालामार्पmत स्थलगत माटो परीक्षण र माटोको गुणस्तर परीक्षणपत्र वितरणको व्यवस्था गर्न बजेट व्यवस्था गरेको छु । प्रदेशस्तरमा बिउको गुणस्तर परीक्षणको व्यवस्था गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
८२. कृषि सामग्रीको आपूर्ति सहज गर्न सहकारी र निजी क्षेत्रसँगको सहकार्यमा रासायनिक मल, प्रांगारिक मल, किटनाशक विषादी तथा कृषि औजार कारखाना स्थापना गरिनेछ । बिउबिजनको गुणस्तर प्रमाणीकरण र आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न बिउबिज कम्पनीलाई सुदृढ गरिनेछ । कृषि सहकारी संसथहरूलाई बिउबिजन उत्पादनमा प्रोत्साहित गरिनेछ ।
८३. खाद्य स्वच्छता र गुणस्तर प्रवद्र्धन गर्न प्रभावकारी नियमनको व्यवस्था गरिनेछ । खाद्य गुणस्तर परीक्षण उपकरणहरूको प्रयोगलाई सघन बनाउन आवश्यक बजटे व्यवस्था गरेको छु ।
८४. प्रदेशसँगको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा एक जैविक विषादी प्रयोगशाला स्थापना गरी सञ्चालन गर्न आवश्यक उपकरण खरिदमा अनुदानको व्यवस्था गरेको छु ।
८५. बाली लगाउनुपूर्व नै धान, गहुँ, उखुलगायतका तोकिएका कृषि उपजहरूको समर्थन मूल्य तोकिनेछ । मोबाइल सेवामार्पmत कृषकलाई कृषि उपजको मूल्यलगायतका बजार सूचना प्राप्त हुने प्रणालीको व्यवस्था गरिनेछ । जलवायु परिवर्तन र मौसमको कारण हुने कृषि क्षेत्रको लगानी जोखिम न्यूनीकरण गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
८६. जमिनको वैज्ञानिक वर्गीकरण र व्यवस्थित उपयोग गर्न भूउपयोगसम्बन्धी कानुनको विधेयक संसद्को यसै अधिवेशनमा पेस
गरिनेछ । सिञ्चित तथा अन्य कृषि भूमिलाई घर घडेरीमा परिवर्तन गर्न नपाइने व्यवस्था मिलाइनेछ । सार्वजनिक तथा गुठी जग्गाको संरक्षण गरिनेछ ।
८७. आगामी दुई वर्ष्भित्रमा सम्पूर्ण कृषि जमिनको अभिलेख र जग्गा धनीपूर्जा विद्युतीय बनाउन आवश्यक बजेट विनियोजन गरेको छु । इजाजतप्राप्त कम्पनीमार्पmत मात्र घरजग्गा खरिदबिक्री गर्न पाउने कानुनी व्यवस्था गरिनेछ । आधुनिक प्रविधिको उपयोगबाट नापी कार्य अघि बढाइनेछ । सीमाक्षेत्रको नक्सांकन तथा नापी कार्य व्यवस्थित गरिनेछ ।
८८. आगामी आर्थिक वर्ष्भित्रमा मुक्त कमैया र हलियाहरूको पुनस्र्थापनाको कार्य पूर्ण रूपमा सम्पन्न गर्न रु. ३ अर्ब ८९ करोड २ लाख विनियोजन गरेको छु ।
८९. विगतमा गरिएको गरिबी सर्वेक्षणको नतिजाअनुसार आगामी आर्थिक वर्षमा २६ जिल्लाका गरिब घरपरिवारलाई राज्य सुरक्षा परिचयपत्र वितरण गर्नुको साथै दुई वर्ष्भित्र बाँकी ५१ जिल्लाहरूमा यस्तो सर्वेक्षण सम्पन्न गरी परिचयपत्र वितरण गरिनेछ । यसका लागि रु. ६३ करोड ७३ लाख बजेट विनियोजन गरेको छु ।
वन तथा वातावरण
९०. वन व्यवस्थापनलाई वैज्ञानिक बनाउँदै यस क्षेत्रको उपयोग र संरक्षण दुवैलाई प्राथमिकता दिइनेछ । वनको संरक्षण र उपयोगमा तिनै तहका सरकारहरूको परिपूरक भूमिका स्थापिन गरिनेछ । बाँझो, पर्ति, नदी किनार र खस्केको जमिनमा वृक्षारोपण र वन विस्तार गरिनेछ ।
९१. स्थानीय वातावरण अनुकूलका उच्च मूल्यका वन पैदावारहरूको विस्तार, मूल्य अभिवृद्धि र बजारीकरणलाई प्रोत्साहित गरिनेछ । जैविक विविधताको संरक्षण गरिनेछ । वातावरण संरक्षण र व्यवस्थापन, भूक्षय नियन्त्रण र नदी मुहान तथा किनारा संरक्षण गरिनेछ ।
९२. प्रदेश र स्थानीय तहसँगको सहकार्यमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाई गल्छी, पहिरो तथा खहरे नियन्त्रण र कृषि वन प्रणालीको प्रवद्र्धन गर्न स्थानीय तहको सहकार्यमा पोखरी निर्माण गरिनेछ ।
९३. सरकारी, निजी, सहकारी र समुदायको साझेदारीमा जडिबुटीलगायत वन पैदावारमा आधारित उद्योग स्थापना गरिनेछ । वनजन्य कच्चा पदार्थमा आधारित निर्यातजन्य उद्योगहरूको स्थापना गर्न र उपकरण खरिद अनुदानको व्यवस्था गरेको छु ।
९४. जडिबुटीलगायत वन पैदावारको संकलन र प्रशोधन सहकारीमार्पmत गर्ने व्यवस्था मिलाइनेछ । राष्ट्रिय निकुञ्च, वन्यजन्तु आरक्षण र संरक्षण क्षेत्रमा स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा पर्यापर्यटन प्रवद्र्धन गरिनेछ । सम्भाव्य वन क्षेत्रमा प्राकृतिक चिडियाखाना र पर्यटकीय मार्ग निर्माण गरिनेछ ।
९५. स्थानीय तह र वन उपभोक्ता समितिहरूको संलग्नतामा सीमावर्ती क्षेत्रका वन दुरुपयोग नियन्त्रण गरिनेछ । सम्भाव्य प्रदेशहरूमा सहकारी तथा निजी क्षेत्रको सहभागितामा न्यूनतम एक जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न बजेट प्रस्ताव गरेको छु । नेपाल टिम्बर कर्पोरेसनको वर्तमान पुँजी संरचनामा वृद्धि गरी यसलाई वनबाट उत्पादित काठको सिजनिङ गर्न र उद्योग तथा निर्माण क्षत्रेको माग धान्न सक्ने संस्थाको रूपमा सुदृढ गरिनेछ ।
९६. जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका कार्यक्रमहरू सञ्चालन गरिनेछ । स्वच्छ पानीको स्रोतको रूपमा रहेका हिमाल तथा हिमतालहरूको संरक्षणका लागि बजेट विनियोजन गरेको छु । सगरमाथा र अन्य उच्च हिमशिखर एवं आसपासका क्षेत्रहरूको सफाइमा विशेष ध्यान दिइनेछ ।
९७. स्वच्छ, हराभर र प्रदूषणमुक्त नेपाल अभियान सञ्चालन गरी जैविक विविधता तथा जलवायु परिवर्तन अनुकलनमा सरकार, निजी क्षेत्र, सहकारी तथा सामुदायिक र गैरसरकारी क्षेत्रबीच सहकार्य गरिनेछ ।
९८. काठमाडौं उपत्यकाको वातावरणीय स्वच्छता कायम गर्न ध्वनि, धूलो, वायु प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापन गर्न सहयोग गरिनेछ । मुख्यमुख्य सहरहरूमा वायु गुणस्तर मापन केन्द्रहरू विस्तार गर्न तथा वातावरण परीक्षण र अनुगमन कार्यलाई प्रभावकारी बनाउन बजेट व्यवस्था गरेको छु ।
९९. वन तथा वातवारणमा रु. १६ अर्ब ५८ करोढ ७५ लाख बजेट विनियोजन गरेको छु ।
उद्योग
१००. आगामी दुई वर्ष्भित्र चिनी, औषधि, फलामे डन्डी, काठ, सिमेन्टलगायतका आधारभूत निर्माण सामग्रीको कम्तीमा एक दर्जन वस्तुहरूमा आन्मनिर्भर हुने उद्देश्यले त्यस्ता उत्पादनलाई आधारभूत संरक्षण दिइनेछ । जुट, गलैंचा, तयारी पोशाक, पश्मिना, रेशम र कपासमा आधारित उद्योग, जुत्ता र हस्तकला लगायतका निर्यातजन्य उद्योगको प्रवद्र्धन गरिनेछ । फलाम खानीको वैज्ञानिक परीक्षण गरी फलाम उत्खनन् एवम् प्रशोधन कार्यअघि बढाउन आवश्यक रकम विनियोजन गरेको छु । निजी क्षेत्रको सहभागितामा सम्भाव्य देखिएका खनिज र बहुमुल्य धातुहरूको अन्वेषण, उत्खनन् र प्रशोधन गरिनेछ ।
१०१. प्रदेशहरूको समन्वय र सार्वजनिक र निजी क्षेत्रको सहभागितामा प्रत्येक प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र, एक आर्थिक क्षेत्र र एक विशेष आर्थिक क्षेत्र स्थापनाको सम्भाव्यता र पूर्वाधार निर्माणको लागि आवश्यक बजेट व्यवस्था गरेको छु । बन्द र रुग्ण उद्योगहरूलाई सम्भाव्यताका आधारमा सहकारी र निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।
१०२. आगामी तनि वर्ष्भित्र स्थानीय तहमा निजी क्षेत्रसमेतको सहभागितामा उद्योग ग्राम स्थापना गरिनेछ । आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशमा न्युनतम २० उद्योग ग्रामको पूर्वाधार विकासको लागि रु. २८ करोड बजेट विनियोजन गरेको छु ।
१०३. उद्यमशिलता र सिप विकास तथा तालिमको माध्यमबाट महिला उद्यमशिलता विकास गरी उनीहरूबाट सञ्चालन हुने परियोजनामा आधारित रु. १५ लाखसम्मको सामूहिक ऋणमा ६ प्रतिशत व्याज अनुदानको व्यवस्था गरेको छु ।
१०४. नेपालले मूल्य अभिवृद्धि गरी निकासी गर्न सक्ने उत्पादनमूलक उद्योगमा विदेशी लगानी भित्र्याउन प्रोत्साहित गरिनेछ । उद्योग दर्ता गर्ने प्रक्रिया सरल गरिनेछ । कबोल गरेको अवधिभित्र उत्पादन सुरु गर्ने उतपादनमूलक उद्योगलाई कर सहुलियत दियनेछ । उद्योगका लागि आवश्यक सडक र वितुत् पूर्वाधार निर्माणमा बजेट व्यवस्था गरेको छु ।
वाणिज्य तथा आपूर्ति
१०५. निर्यातजन्य वस्तुहरूको पहिचान, विकास तथा उत्पादन अभिवृद्धि गरी अन्तर्रा्ष्ट्रिय बजार प्रवद्र्धन गरिनेछ । निर्यात प्रवद्र्धनको लागि विदेशस्थित सबै कुटनीतिक नियोगहरूमा हस्तकला र आधारभुत निर्यातजन्य सामानहरूको स्थायी प्रदर्शनी कक्षको लागि आवश्यक वस्तुहरू खरिद गर्न बजेट विनियोजन गरेको छु । काठमाडौंमा हसतकला बिक्री तथा प्रदर्शनीस्थल निर्माणकार्यलाई अघि बढाइनेछ । सबै प्रदेशमा क्रमशः त्यस्ता प्रदर्शनी कक्ष स्थापना गरिनेछ ।
१०६. अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बृद्धि गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन र रोजगारीका अवसर सिर्जना गर्न उच्च मसल्य र मूल्य अभिवृद्धि गर्ने कृषि, वन तथा खानीजन्य औद्योगिक उत्पादन तथा गुणस्तर अभिवृद्धि गर्न प्रोत्साहित गरिनेछ । औद्योगि उत्पादनको निर्यातमा ५ प्रतिशतसम्म निर्यात अनुदान दिइनेछ ।
१०७. निकासी विन्दुहरूमा क्वारेन्टाइन सेवा विस्तार गर्नुको साथै संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक रकमको व्यवस्था गरेको छु । काठमाडौंमा कन्टेनर फेट स्टेशन निर्माणको लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
१०८. नेपाल गुणस्तर चिन्ह प्राप्त गर्नुपर्ने क्षेत्रको विस्तार गरिनेछ । गुणस्तर चिन्ह प्राप्त वस्तुहरूको गुणस्तर सुनिश्चित गर्नुएा साथै नक्कली गुणस्तर चिन्ह प्रयोग गरी गुणस्तरहीन वस्तु बिक्री तिवरण रोक्न अनुगमन गर्ने कार्यलाई सशक्त गराइनेछ ।
१०९. प्रत्येक स्थानीय तहमा सहकारी संस्थाहरू मार्पmत् सुपथ मूल्य पसल खोल्ने व्यवस्था मिलाइनेछ । सहकारी पसलहरूले खरिद गर्ने उपभोग्य वस्तुको थोक मूल्य पसलको व्यवस्था गरिनेछ । राज्य सुरक्षा परिचयपत्र भएका नागरिकले सुपथ मूल्यमा आधारभूत खाद्यान्न प्राप्त गर्ने व्यवस्थाको लागि अनुदानको व्यवस्था गरेको छु ।
११०. आपूर्ति प्रणालीलाई प्रतिस्पर्धी बनाउनुको साथै सबै प्रकारका वस्तु तथा सेवाको एकाधिकार र मुल्य मिलेमतोको अन्त्य गरिनेछ । स्थानीय तहको सहकार्यमा बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाइनेछ ।
१११. खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनीको रुपमा पुनर्संरचना गरी नेशनल टेडिङ्ग लिमिटेडको सम्पत्ति र दायित्व यसै कम्पनीमा गाभिनेछ । यस कम्पनी मार्पmत् राज्यले तोकेको समर्थन मुल्यमा खाद्य वस्तु खरिद गर्ने र त्यसता वस्तुहरूको सुलभ आपूर्ति सुनिश्चित गर्ने प्रबन्ध मिलाइनेछ । दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानी गर्न रकम विनियोजन गरेको छु ।
११२. पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाई तीन महिनाको माग धान्न सक्ने बनाइनेछ । नेपाल आयल निमगको आपूर्ति, लागत संरचना र मुल्य निर्धारण प्रणालीको पुनरावलोकन गरिनेछ । उद्योग, वाणिज्य तथा आपूर्ति षत्रेका लागि रु. १० अर्ब ४४ करोड ९२ लाख विनियोजन गरेको छु ।
पर्यटन
११३. पर्यटनबाट रोजगारी र आयआर्जन बढाउन मनोरञ्जन, प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, धार्मिक र साहसिक पर्यटनको पूर्वाधार निर्माण, बजार प्रवद्र्धन र सेवासुविधाको विस्तार गरिनेछ । आगामी दुई वर्षएमा २० लाख पर्यटक भित्र्याउने गरी भिजिट नेपाल २०२० अभियान
सञ्चालन गरिनेछ ।
११४. प्रदेश र स्थानीय तहसँगको साझेदारीमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि मुलुकभरका कम्तीमा सयवटा नयाँ पर्यटकीय गन्तव्य स्थल पहिचान गरी विकास तथा प्रवद्र्धन अभियान चलाइने छ ।
११५. गुणस्तरीय पर्यक भित्र्याउन पर्यटन सेवाको विविधीकरण गरिनेछ । केही मौसममा मात्र सीमित रहेको हालको पर्यटनलाई बाहै्रमास चलायमान बनाइनेछ । नेपाल पर्यटन बोर्डबाट भारत र चीन लक्षित पर्यटक प्रवद्र्धन कार्यक्रमलाई विशेषरुपमा अघि बढाइनेछ ।
११६. स्तरीय होटल तथा रिसोर्टहरूलगायतका पर्यटकीय सेवाको लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले सहजीकरण गर्नेछ । नेपाललाई माइस टुरिजम केन्द्रको रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास गरिनेछ ।
११७. नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई मानित विश्वविद्यालयको रुपमा विकास गर्न आवश्यक पूर्वाधार तयार गरिनेछ । पर्यटन क्षेत्रको सूचना, जानकारी र वित्तीय पक्षलाई स्याटलाइट लेखा प्रणालीमा आवद्ध गरिनेछ । हिमाल आरोही र पदयात्री पर्यटकहरूको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाइनेछ । अन्तर्रा्ष्ट्रिय बजारमा नेपालको पर्यटनको प्रचारप्रसार र बजारीकरण गर्न विदेशस्थित नियोगहरूलाई परिचालन गरिनेछ ।
११८. पर्यटन क्षेत्र विकासको लागि रु. ५ अर्ब २० करोड ३४ लाख विनियोजन गरेको छु ।
हवाई पूर्वाधार
११९. नेपालको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित, नियमित, विश्वसनीय र गुणस्तरीय बनाउन उच्चतम प्रविधिको प्रयोग र प्राविधिक जनशक्तिको विकास गरिनेछ । निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरु गर्न, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको विस्तार गर्न, पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन र गौतमबुद्ध क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी सञ्चालन गरिनेछ ।
१२०. विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थलाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नति गरी छिमेकी मुलुकहरूसम्म उडान सुरु गरिनेछ । आन्तरिक विमानस्थलको निर्माणलाई तिव्रता दिइनेछ । दाङमा वैकल्पिक विमानस्थल निर्माणको कार्य अगाडि बढाइनेछ ।
१२१. त्रिभुवन अन्तर्रा्ष्ट्रिय हवाई चापलाई व्यवस्थित गर्न काभ्रेपलाञ्चोकमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाइने छ । आन्तरिक विमानस्थल विस्तार सम्बन्धमा गुरुयोजना तयार पारिनेछ ।
१२२. विपद् प्रभावित पर्यटक तथा अन्य व्यक्तिलाई आपत्कालीन उद्धार गर्न हेलिप्याड नपुगेका सबै आन्तरिक तहमा स्थानीय तहले उपलब्ध गराउने जग्गामा हेलिप्याड निर्माण गरिनेछ । हवाई क्षेत्रमा रु. १९ अर्ब ३५ करोड विनियोजन गरेको छु ।
संस्कृति
१२३. लोपोन्मुख भाषा, धर्म र संस्कृतिको संरक्षण गर्न बजेट व्यवस्था गरेको छु । काठमाडौंको कीर्तिपुरस्थित जातीय संग्रहालयलाई नेपालको परम्परा, भाषा, संस्कृति, रीतिरिवाज र रहनसहन झल्काउने गरी राष्ट्रिय सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माणका लागि आवश्यक रकम छुट्याएको छु ।
१२४. समान प्रकृतिका संग्रहालयहरूलाई एकीकृत गरी राष्ट्रिय संग्रहालयमा रुपान्तरण गरिनेछ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र अन्य सांस्कृतिक प्रतिष्ठानहरूलाई एक आपसमा गाभी एउटै प्रभावकारी संस्था बनाइने छ ।
१२५. स्रष्टाहरूको सिर्जनाको उचित कदर प्रतिलिपि अधिकार संरक्षणको लागि कानुनी तथा व्यवस्थापकीय सुधार गरिने छ ।
१२६. पशुपति क्षेत्र तथा लुम्बिनी क्षेत्रको निर्माण सम्पन्न गर्न, जनकपुरको जानकी मन्दिर संरक्षण गर्न र लिच्छवीकालीन ललितकलाको विश्वविख्यात नमूना कैलाशकुट भवनको अध्ययन तथा उत्खनन् गर्न बजेटको व्यवस्था गरेको छु ।
१२७. भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरूको पुनर्निर्माणलाई प्राथमिकता दिइनेछ । रानीपोखरी, धरहरा, काष्टमण्डपलगायतका सम्पदाहरूको पुनर्निर्माण कार्य आगामी तीन वर्ष्भित्र सम्पन्न गरिनेछ ।
खानेपानी
१२८. तीन वर्ष्भित्र सबै नागरिकलाई आधारभूत खानेपानी पूर्वाधारमा पहुँच सुनिश्चित गर्न आगामी आर्थिक वर्ष अधुरा आयोजनाहरू यथाशिघ्र सम्पन्न गर्न आवश्यक रकम विनियोजन गरेको छु । खानेपानीको स्रोत संरक्षण गरी सहरी क्षेत्रको खानेपानी उपलब्ध गराउन विशेष जलाधार क्षेत्र तोकी संरक्षण र व्यवस्थापन गर्ने कार्यका लागि आवश्यक रकमको व्यवस्था गरेको छु ।
१२९. निश्चित समयमा सबैलाई आधारभूत खानेपानी उपलब्ध गराउने गरी स्थानीय त ह र सामुदायिक तथा
गैर सरकारी संस्थाहरूले उपभोक्तासँग लागत सहभागितामा खानेपानी आयोजनाहरूका लागि समपुरक अनुदानको व्यवस्था मिलाएको छु ।
१३०. खानेपानी र सिँचाइको आवश्यकता एकसाथ परिपूर्ति गर्ने उद्देश्यले प्रदेश र स्थानीय तहसँगको सहकार्यमा सौर्य र वायु लगायतका वैकल्पिक ऊर्जामा आधारित उच्च प्रविधियुक्त सिँचाइ र खानेपानीका आयोजनाहरू सञ्चालनमा ल्याइनेछ ।
१३१. मेलम्ची खानेपानी आयोजनाको प्रथम चरणको कामलाई यथाशिघ्र सम्पन्न गरी काठमाडौं उपत्यकामा खानेपानी वितरण कार्य सुरु गर्न पर्याप्त बजेट विनियोजन गरेको छु । मलम्ची दोस्रो चरणको आयोजना प्रारम्भ गर्नुका साथै खानेपानीको वैकल्पिक स्रोत व्यवस्थापन र एकीकरण गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
१३२. तराई मधेशमा आर्से्निकबाट सुरक्षित खानेपानी कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
१३३. ठूला नदीहरूमा नमुना खानेपानी आयोजना संचालन गर्न सम्भाव्यता अध्ययन गरिनेछ । खानेपानी क्षेत्रको लागि रु. २४ अर्ब ५ करोड ७५ लाख विनियोजन गरेको छु ।
सरसफाइ
१३४. आगामी तीन वर्ष्भित्र सबै नेपालीलाई आधारभूत सरसफाइको पहुँच सुनिश्चित गर्न आर्थिक वर्ष २०७५÷७६ लाई राष्ट्रिय सरसफाई अभियान वर्षको रुपमा मनाइनेछ । सबै घरमा शौचालय निर्माण गरी नेपाललाई खुला दिशामुक्त राष्ट्र घोषणा गरिनेछ । खुला दिशामुक्त क्षेत्रमा स्थानीय तहको सहकार्यमा पूर्ण सरसफाई कार्यक्रम सञ्चालन गरिनेछ । संगठित क्षेत्रको सामाजिक उत्तरदायित्वको रकम समेत यसै कार्यक्रममा परिचालन गरिनेछ ।
१३५. पूर्वाधारमा पहुँच सुनिश्चित गर्न आगामी आर्थिक वर्ष अधुरा आयोजनाहरू यथाशिघ्र सम्पन्न गर्न आवश्यक रकम विनियोजन गरेको छु । खानेपानीको स्रोत संरक्षण सहरी क्षेत्रमा खानेपानी उपलब्ध गराउन विशेष जलाधार क्षेत्र तोकी संरक्षण र व्यवस्थापन गर्ने कार्यका लागि आवश्यक रकमको व्यवस्था गरेको छु ।
१३०. खानेपानी र सिँचाइको आवश्यकता एकसाथ परिपूर्ति गर्ने उद्देश्यले प्रदेश र स्थानीय तहसँगको सहकार्यमा सौर्य र वायुलगायतका वैकल्पिक ऊर्जामा आधारित उच्च प्रविधियुक्त सिँचाइ र खानेपानीको आयोजनाहरू सञ्चालनमा ल्याइनेछ ।
१३१. मेलम्ची आयोजनाको प्रथम चरणको कामलाई यथाशीघ्र सम्पन्न गरी काठमाडौं उपत्यकामा खानेपानी विरतण कार्य सुरु गर्न पर्याप्त बजेट विनियोजन गरेको छु । मेलम्ची दोस्रो चरणको आयोजना प्रारम्भ गर्नुका साथै खानेपानीको वैकल्पिक स्रोत व्यवस्थापन र एकीकरण गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
१३२. तराई मधेसमा आर्स्निकबाट सुरक्षित खानेपानी कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
१३३. ठूला नदीहरूमा नमूना खानेपानी आयोजना सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिनेछ । खानेपानी क्षेत्रको लािग रु. २४ अर्ब ५ करोड ७५ लाख विनियोजन गरेको छु ।
सरसफाइ
१३४. आगामी तीन वर्ष्भित्र सबै नेपालीलाई आधारभूत सरसफाईको पहुँच सुनिश्चित गर्न आर्थिक वर्ष २०७५÷२०७६ लाई राष्ट्रिय सरसफाई अभियान वर्षकà¥

