०६ चैत २०८२ , शुक्रबार

यस्ता छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका ६ एजेन्डा

जेठ ३०, काठमाडौँ । आजको नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणका एजेन्डाको समाचार छापेको छ । भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ ।
मन्त्रिपरिषद् वैठकले तयार पारेका भ्रमणका ६ एजेन्डाहरू
१. मितेरी र रसुवागढी पुल निर्माण सम्झौता
२. गल्छी–रसुवागढी–केरुङ प्रशारण लाइन
३. किमाथांका अरुण जलविद्युत् आयोजना
४. ‘तिब्बेतियन हाइवे’मा ढुवानी सुविधा
५. काठमाडौं–केरुङ रेलमार्ग निर्माण समझदारी
६. रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *