असार १५, काठमाडौँ । स्थानीय तहमा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी संसदीय दल बनाउने भएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
केन्द्र र प्रदेशमा संसदीय दल बनाइसकेको नेकपाले नयाँ संविधानअनुसार प्रदेश र स्थानीय तहमा पनि सरकार गठन भएको भन्दै सबै तहमा संसदीय दल सञ्चालन गर्न लागेको हो ।








