०६ चैत २०८२ , शुक्रबार

परीक्षा र मूल्याङ्कनमा ट्रेडयुनियन अधिकार हुँदैन : मन्त्री पोखरेल

बागमती संवाददाता

असार १६, भक्तपुर । शिक्षा, विज्ञान तथा प्राविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको परीक्षा, मूल्याङ्कनमा ट्रेड युनियन अधिकार नहुने बताएका छन् ।

 

शुक्रबार राष्ट्रिय परीक्षा बोर्डको तेस्रो वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलले कुनैपनि बहानामा एसइइ परीक्षाको नतिजा त्रुटि प्रकरणमा दोषी उम्कन नदिइने बताएका हुन् । उनले त्यस क्रममा कर्मचारीहरुको ट्रेड युनियन अधिकार आफूलाई स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

 

परीक्षाबोर्डले परीक्षा व्यवस्थापनमा यस्तै त्रुटि गर्दै गए परीक्षा र मूल्याङ्कनको जिम्मा अन्य विश्वासिलो संगठनलाई समेत दिन सक्ने शिक्षा मन्त्रीले स्पष्ट पारे ।

 

अब हिजोको ढंगले काम नचल्ने भन्दै उनले अब नयाँ ढंगले काम गर्नुपर्ने बताए । ‘हिजो पुरानै घोकन्ते विधिबाट पढ्ने विधि अपनायौं, सिकाइ राम्रो भएन अब नयाँ शिक्षण र सिकाइ विधिमा जानुको विकल्प छैन’, मन्त्री पोखरेलले भने, ‘प्रविधि र विज्ञान नयाँ हाम्रो सोचाइ पुरानो हुने स्थिति आउन दिँदैनौं ।’

 

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले प्राविधिक सिस्टममा आएको गडबडीका कारण एसइइ नतिजामा केही त्रुटि देखिएपनि तत्कालै समाधान गरिएकाले यसलाई ठूलो विषय बनाउन नहुने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *