०५ चैत २०८२ , बिहिबार

राजपामा संसदीय दलको नेता चयन गर्न सकस

असार १७, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) मा दलको नेता चयन गर्न सकस परेको छ । अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले इच्छा देखाएपछि संसदीय दलको नेता चयन गर्न राजपालाई मुस्किल परेको हो ।

 

सहमतिबाट दलका नेता चयन गर्ने कि चुनावी प्रक्रियामा जाने भन्ने विषयमा राजपाका अध्यक्षमण्डलका सदस्यबीचमै विवाद उत्पन्न भएको खबर नागरिक दैनिकमा छ ।

 

आगामी वैशाखमा राजपाको पहिलो महाधिवेशन हुँदैछ । राजपाको संसदीय दलको नेता महाधिवेशनपछि पार्टी अध्यक्ष हुने सम्भावना भएकाले पनि दलका नेता हुन ठाकुर र महतोले आकांक्षा देखाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *