असार १८, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग नेपाल र भारतमा गी कम्तिमा तीन अर्ब अचल सम्पत्ति रहेको देखिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

तत्कालीन एमाले र माओवादीका नाममा देशभरि रहेको जमिन, भवन, कार्यालय आदिको चलनचल्ती मूल्य तीन अर्बभन्दा बढी हुने देखिएको हो ।
नेकपासँग काठमाडौंमा मात्रै करोडौं मूल्यका ५ वटा भवन छन् भने भारतको उत्तमनगरमा समेत एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा रहेको छ ।
पूर्ववत् दुवै पार्टीका नाममा रहेका चल–अचल सम्पत्ति एकीकृत पार्टीको नाममा ल्याउने नेकपाको पहिलो केन्द्रीय समितिको निर्णयका आधारमा अहिले दुवैतर्फका चल–अचल सम्पत्तिको तथ्यांक संकलन गर्ने काम भइरहेको नेकपा केन्द्रीय सदस्य तथा ७ नम्बर प्रदेशका कार्यदल सदस्य कर्णबहादुर थापाले बताए ।








