०५ चैत २०८२ , बिहिबार

अनसनरत डा. केसीको स्वास्थ्य कमजोर, बिजुली अभावमा मुटुको चाल नाप्न समस्या

असार १९, काठमाडौँ । जुम्लामा शनिबारदेखि अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्किँदै गएको छ । कभर्डहलमा अनशनमा रहेका केसीलाई चिसोले असर गरेको सहयोगमा खटिएका किशोर केसीले जनाए ।

 

चिकित्सा शिक्षा विधेयक संसद्बाट जस्ताको तस्तै पास हुनुपर्ने, माइतीघर मण्डलालाई निषेधित क्षेत्र बनाउन नहुने लगायतका सात शूत्रीय माग राखेर केसीले १५औँ अनशन सुरु गरेका हुन् ।

 

अनशनस्थलमा बिजुली अभावका कारण डा. केसीको स्वास्थ्य अवस्था जाँच्न समस्या भएको छ । लोडसेडिङको समस्याका कारण मुटुको चाल नाप्ने कड्यक मनिटर जडान गर्न नसकिएको सहयोगी केसीले बताएको समाचार नयाँ पत्रिका दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *