असार १९, काठमाडौँ । अन्तिम समयसम्म २–० गोल अन्तरले अगाडि रहेको जापान इन्जुरी समयमा सम्हालिन नसक्दा बेल्जियमसँग ३–२ ले पराजित भएको छ । यससँगै जापान घर फर्किएको छ भने बेल्जियमले क्वाटरफाइनलमा ब्राजिललाई चुनौती दिने भएको छ ।

उता स्टार खेलाडी नेमारले मध्यान्तरपछि गरेको एक गोल र उनकै सहयोगमा फर्मिनोले गरेको अर्को गोलले ब्राजिल मेक्सिकोलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

मध्यान्तरसम्म बिना कुनै गोल बराबरी रहेको खेलमा ५१ औँ मिनेटमा नेमारले गोल गरेका थिए। विलियनको क्रसमा एल ट्रिले गोल गर्न नसकेपनि नजिकै रहेका नेमारले बललाई जालीभित्र पसाउन सफल भए ।
८८ औँ मिनेटमा दोस्रो गोल भने नेमारकै पासमा फर्मिनोले गरे ।
अब यी टिमले क्वार्टरफाइनलमा असार २२ गते शुक्रबार राति ११ ः ४५ बजे भिड्नेछन् ।







