०५ चैत २०८२ , बिहिबार

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्याउने सरकारको गृहकार्य

असार १९, काठमाडौँ । नयाँ पत्रिका दैनिकमा छापिएको समाचार अनुसार सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १५ हजार रुपैयाँ र्पुयाउने तयारी गरेको छ ।

 

न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सहमति जुट्ने सम्भावना न्यून हुँदै गएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पारिश्रमिक पाँच हजार तीन सय रुपैयाँ बढाउने गृहकार्य सुरु गरेको हो ।

 

हाल आधारभूत तलब र भत्तासमेत गरी न्यूनतम पारिश्रमिक नौ हजार सात सय रुपैयाँ छ ।

 

न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सरकार, निजी क्षेत्र र श्रमिकका प्रतिनिधि छन् । समितिमा विगत एक महिनायता सहमति जुटाउने प्रयास भइरहेको छ । हालसम्म समितिमा नौ चरणसम्मको छलफल सकिँदासमेत सहमतिको कुनै संकेत देखिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *