असार १९, काठमाडौँ । आर्थिक अभियान दैनिकमा छापिएको समाचार अनुसार स्वीस बैंकमा नेपालीले करोडौँ रकम निक्षेप गरेका छन् । हालैका वर्ष स्वीट्जरल्यान्डका बैंकहरुमा नेपालको निक्षेप बढेको हो ।
स्वीस नेशनल बैंक (एनएनबी) ले हालै सार्वजनिक गरेको २०१७ को वार्षिक प्रतिवेदनले यसको पुष्टि गरेको छ ।
सन् २००८ मा त्यहाँका बैंकमा कुल ८ करोड ६२ लाख २१ हजार स्वीस फ्रयांकबराबरको नेपाली रुपैयाँ रहेकामा गतवर्ष त्यस्तो रकम ३२ करोड २८ लाख ८४ हजार पुगेको छ । एनएनबीले नेपालप्रति दायित्वका रुपमा लेखांकन गरेको सो रकम नेपाली व्यक्ति तथा संस्थाको निक्षेप हो ।








