असार २०, कैलाली । खोलामा नुहाउने क्रममा डुबेर कैलालीका दुई बालकको ज्यान गएको छ । गौरीगंगा नगरपालिका–११, शिवपुरमा रहेको कटैनी खोलामा मंगलबार साँझ नुहाउन गएका बालकका ज्यान गएको हो ।
मृत्यु हुनेमा सोही ठाउँका हर्क भुलको छोरा ८ वर्षीय सचिन भुल र बाधुराम चौधरीका छोरा १२ वर्षीय अमन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।








