०४ चैत २०८२ , बुधबार

एलएलबीमा आजबाट भर्ना सुरु हुने

असार २१, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कानून संकायको एलएलबी प्रथम वर्षमा विहीबारदेखि भर्ना सुरु हुने भएको छ ।

 

कानून संकायका डिन प्रा.डा. ताराप्रसाद सापकोटाले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै विहीबारदेखि विद्यार्थीको भर्ना सुरु गरिने बताए ।

 

उक्त संकायमा नेपाल ल क्याम्पसमा आठ सय र अन्य छ वटा क्याम्पसमा पाँच सय भन्दा बढी नहुने गरी प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीमध्येबाट योग्यताक्रमका आधारमा भर्ना गर्ने नेपाल ल क्याम्पसमा क्रियाशील सम्पूर्ण विद्यार्थी संगठनहरुको सहमति र विद्यापरिषद् स्थायी समितिवीच यसअघि सहमति भएको थियो ।

 

तर उक्त सहमतिविरुद्ध नेपाल ल क्याम्पसका विद्यार्थी र विभिन्न संगठनका विद्यार्थीले डिनको कार्यालयमा तालाबन्दी गरी अवरोध गरेपछि पूर्व सहमति कार्यान्वयन हुन नसक्ने भन्दै भर्ना प्रक्रिया अगाडि बढाउन लागेको जारी विज्ञप्तिमा उल्लेख छ । यो समाचार आजको गोरखापत्रमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *