असार २१, सुर्खेत । सुर्खेत बराहताल गाउँपालिकाकी १५ वर्षीय किशोरी छाउगोठमा सुतिरहेको बेला तिन किशोरको सामूहिक बलात्कारको शिकार बनेकी छिन् ।

महिनावारी छल्न घरबाट टाढा रहेको छाउगोठमा सोमबार सुतिरहेकी उनलाई राती करिब १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
बलात्कारी तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरीका अनुसार महिनाबारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको थियो ।
बलात्कारमा संलग्न मध्ये पदम १४, चेतन १५ र जनक १८ वर्षका छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।








