०५ चैत २०८२ , बिहिबार

डा. केसीको मृगौलामा समस्या, इमर्जेन्सीमा उपचार

असार २१, जुम्ला । जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको समाचार नयाँ पत्रिका दैनिकमा छ ।

 

उनलाई अनशनस्थल (जिल्ला खेलकुद विकास समितिको कभर्डहल) बाट एम्बुलेन्समा अस्पताल ल्याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

 

‘एक्कासि मृगौलामा समस्या भएपछि कसैलाई सोध्ने कुरा भएन, अस्पताल पुर्याएका छौँ,’ डा. रोकायाले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *